बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय

आसन र भाषण विनै जेनेभामा महजोडीको कार्यक्रम

सोमबार, १७ जेठ २०७३, ११ : ३६
सोमबार, १७ जेठ २०७३

स्विजरल्याण्ड –हास्यकलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश  आचार्य (मह) र मह संचारका अन्य कलाकारहरुको टोलीले शनिबार स्विजरल्याण्डको जेनेभामा हास्यव्यंग्य प्रस्तुति दिएका छन् ।

जेनेभा सहरमा आयोजित मह जोडीको सो कार्यक्रममा रोचक त के थियो भने आसन ग्रहण र भाषण गर्ने प्रथालाई तोडिएको थियो ।

मह जोडी लगायत नेपालबाट आएका अन्य चर्चित कलाकारहरु यमन श्रेष्ठ, माण्डवी त्रिपाठी, नरेन्द्र कंसाकार, मोहित आचार्य समेतको प्रस्तुति हेर्न जेनेभा सहर र सो वरपरका सहरहरुमा बसोबास गर्ने गैरआवासीय नेपालीहरु , संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रम भरपुर मनोरंजन र संदेशमुलक रहेको धेरै दर्शकले अनुभव गरेका थिए । अन्य कार्यक्रम भन्दा व्यापक उपस्थित रहेको यस कार्यक्रममा दर्शकहरुले हल भरिएको थियो । कार्यक्रम सोचे भन्दा सफल भएको एनआरएनका निबर्तमान अध्यक्ष धर्म गुरुङले बताए  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप