बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय

नेपाल तरुणदल कास्कीमा गुरुङ

सोमबार, १७ जेठ २०७३, ११ : ४१
सोमबार, १७ जेठ २०७३

पोखरा –नेपाल तरुण दल कास्कीको अध्यक्षमा फेरि मनोज गुरुङ चयन भएका छन् । आइतबार अवेर सम्पन्न चौथो अधिवेशनले गुरुङसहित अन्य पदाधिकारी सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्यक्षमा प्रेमलाल पुन, सचिवमा नरेन्द्र थापा, र कोषाध्यक्षमा जीवन वास्तोला चयन भएका छन् । केन्द्रीय पार्सदमा शंकर ढुंगाना, जमुना श्रेष्ठ, दुर्गा लामिछाने, कुमार सुनार, विकास गुरुङ, तारा गुरुङ र धनवहादुर छन्त्याल निर्वाचित भएका छन् । तरुण दलको चार प्रमुख पद र केन्द्रीय पार्सदको मात्र निर्वाचन हुने विधानमा व्यवस्था भए अनुसार यी पधाधिकारी चयन भएको तरुण दल कास्कीले जनाएको छ । यसअघि अधिवेशनको उद्घाटन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य वालकृष्ण खाँणले स्थानीय निकायको निर्वाचनको लागि तयार रहन तरुणहरुलाई आग्रह गरे । उनले मंसिर भित्रै स्थानीय निकायको निर्वाचन हुने दावी समेत गरे । उनले सरकारले भर्खरै ल्याएको वजेट गरीवको हितमा नभएको गुनासो गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप