बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय

बजेट सार्वजनिक हुनु अघिनै ‘लिक’ गरिएको भन्दै कांग्रेसद्वारा संसद अबरुद्व

सोमबार, १७ जेठ २०७३, १२ : १४
सोमबार, १७ जेठ २०७३

काठमाडौँ, जेठ १७– नेपाली काँग्रेसले आर्थिक वर्ष २०७३/७४को बजेट सार्वभौम संसद्समक्ष प्रस्तुत हुनुअगावै अघिल्लै दिन ‘लिक’ गरिएको भन्दै संसद अवरुद्व पारेको छ ।

व्यवस्थापिका–संसद्को आजको बैठकको प्रारम्भमा सदनको ध्यानाकर्षण गराउँदै नेपाली काँग्रेसका सांसद डा रामशरण महतले सदनमार्फत सार्वजनिक हुनुपर्ने बजेट पत्रिकाबाट आएको र त्यसबाट संसद्को मानहानि हुनुका साथै विशेषाधिकारसमेत हनन भएको बताए ।

एक दिनअघि नै एक पत्रिकामार्फत बजेटका सबै महत्वपूर्ण सूचना एवम् जानकारी चुहाउँदा शेयरबजारमा आएको उछालले आर्थिक क्षेत्रमा नकारात्मक असर परेको उनले बताए ।

उनले गोपनीयताका साथ तयार हुने र सदनमा प्रस्तुत केही घन्टाअघिमात्र मन्त्रिपरिषद्लाई जानकारी दिइने गरेको प्रचलित मान्यताविरुद्ध सूचना चुहाइएकामा छानबिनको माग गरे ।

बजेटको गोपनीयता भङ्ग भएकाले त्यसको छानबिन नभएसम्म सदनको कारबाही अघि बढाउन नसकिने जिकिर गर्दै विपक्षी दलका सांसद आ–आफ्ना आसनबाट उठेपछि बैठक आधा घन्टाका लागि स्थगन भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप