बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय

महावीर पुन भन्छन्, ‘हुन्छ भनेर पनि अर्थमन्त्रीले झुक्याए’

सोमबार, १७ जेठ २०७३, १२ : ३४
सोमबार, १७ जेठ २०७३

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विगतका अर्थ मन्त्रीहरुले जस्तै मलाइ झुक्याउनु भए जस्तो छ । तर खास कुरा के हो भने उहाँले मलाई झुक्याएको होइन कि सम्पूर्ण नेपालीहरु लाई नै एउटा कुरामा झुक्याएको हो ।

‘तपाईं म कहाँ आइरहनु पर्दैन । तपार्इँले भनेको कुरामा के गर्न सकिन्छ म गर्छु’ भनेर उहाँले मलाई करिब ४ महिना अगाडि अर्थ मन्त्रालयमा भन्नु भएको थियो । त्यसै कारणले त्यस पछि म अर्थ मन्त्रालय गईन । बजेट भाषण पढेर हेर्दा त मेरो प्रस्तावको बारेमा केहि पनि उल्लेख भएको छैन । मेरो प्रस्ताब एउटा राष्ट्रिय आविष्कार केन्द्र स्थापना गर्ने र त्यसलाई कसरी दिगो र उत्पादनमुलक बनाई नेपाललाई विकासको बाटोमा अगाडि बढाउने भन्ने थियो ।

मेरो हौसला अझै बढेको छ । आँटेको काम जसरी भए पनि पुरा गर्ने छु । जसको लागि अब जनताको घरदैलो चाहार्नु पर्ने भयो । तर देशका सबै पार्टीका नेताहरु र सम्बन्धित मन्त्रालयका सचिबहरुलाई एउटा जानकारी दिन चाहान्छु । उहाँहरुको कानसम्म पुगोस ।

पानी, हावा र सूर्यबाट बिजुली निकाल्ने काम, अन्तराष्ट्रिय विमानस्थलसहित द्रुतमार्ग र रेल मार्ग बनाउने काम, पेट्रोलियम तथा अन्य खनिज पदार्थ उत्खनन गर्ने र खनिज पदार्थ निकाल्ने काम, उद्योगधन्दाहरु निर्माण गर्ने काम जस्ता सबै किसिमका भौतिक पुर्वाधार निर्माण गर्ने कामहरु कुनै पनि देशमा बाँदर अथवा जनावर हरुले गरेका छैनन । बाँदर अथवा जनावरहरुले देशको विकासको लागि चाहिने भौतिक पूर्वाधारहरु निर्माण गरेको कुनै उदाहरण छ भने भन्नु होला ।

साधारण भाषामा यसरी बुझे हुन्छ – माथि भनिए अनुसारको भौतिक पूर्वाधारहरु निर्माण गर्न र देश विकास गर्न स्वदेशमा नै दक्ष जनशक्तीको विकास गर्नु पर्छ र नेपालमै सम्भव भएसम्मका अनुसन्धान र विकासका कामहरु गर्नुपर्छ । यी कामहरु नेपालीहरुले नेपालमा नै गर्न सक्छन् । हामीसंग देश विकासको लागि चाहिने मानव पुँजी र संशाधनको खाँचो पटक्कै छैन ।

यी कामहरु स्वदेशमा नेपालीहरुबाट नै भएन भने हामीले विदेशी बिशेषज्ञहरुबाट सबै काम गराउनु पर्ने हुन्छ र विदेशीहरुको सबै टेक्नोलोजी भित्र्याउनु पर्ने हुन्छ । त्यसो गर्दा देश पर निर्भरता तिर लम्कन्छ र बाह्य शक्तिहरुले हेप्न सुरु गर्छन् ।

त्यसैले ढिलै भए पनि स्वदेशमा दक्ष जनशक्तीको विकास र प्रविधिको विकासको काम सुरु नगरी हुन्न घन्टाउके नेताज्यू ज्यू हरु ! देशमा नै विज्ञान तथा प्रविधिको विकास नगर्ने र विदेशी विशेषज्ञहरु र विदेशी टेक्नोलोजीहरुमा मात्र निर्भर हुने हो भने देश कहिल्यै पनि उँभो लाग्दैन भनेर बुझनु जरुरी देखिन्छ । पुनको फेसबुकबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप