बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय

विपक्षीको सामना गर्ने प्रधानमन्त्री र प्रचण्डबीच सहमति

सोमबार, १७ जेठ २०७३, ०६ : ००
सोमबार, १७ जेठ २०७३

काठमाडौँ– सत्ता साझेदार प्रमुख दुई दल नेकपा (एमाले) र नेकपा माओवादी केन्द्रका अध्यक्षहरुबीच सरकारले ल्याएको नयाँ बजेटमा व्यवस्थापिका–संसद्मा मिलेर विपक्षीको सामना गर्ने सहमति भएको छ ।

एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली र केन्द्रका अध्यक्ष प्रचण्डबीच आज प्रम निवास बालुवाटारमा भएको भेटवार्तामा नयाँ बजेटले जनतामा नयाँ उत्साह ल्याएको हुँदा बजेटको कार्यान्वयनमा कुराकानी भएको थियो ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार प्रमोद दाहालले दिएको जानकारीअनुसार शीर्ष नेताहरुबीच मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा सघन रुपमा कुराकानी भएको थियो ।

सरकारले यही १५ गते नयाँ बजेट सार्वजानिक गरेको थियो । बजेट हावादारीमा आएको भन्दै प्रमुख प्रतिपक्षी दल कांग्रेसले यसलाई व्यवस्थापिका–संसद्मा कडा रुपमा विरोध गर्ने जनाएको छ । सदनमा बजेटमाथिको छलफल आजदेखि सुरु हुँदैछ ।

“प्रतिपक्षीले सदनमा बजेटका विषयमा राख्ने विरोधलाई सत्ता साझेदार दुई दल मिलेर संयुक्त रुपमा सामना गर्ने विषयमा उनीहरुबीच कुराकानी भयो”, उनले भने । बजेटमा समावेश विषय समग्रमा राम्रो भएको सत्ता साझेदार ती दुई दलको आइतबार बसेको छुट्टाछुट्टै संसदीय दलको बैठकले निष्कर्षसमेत निकालेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप