बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय

जिल्ला प्रशासनमा विद्यार्थी धर्ना

सोमबार, १७ जेठ २०७३, १४ : ०१
सोमबार, १७ जेठ २०७३

कञ्चनपुर– सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका रजिस्ट्रार द्विजराज भट्टको राजीनामाको माग गर्दै नेपाल विद्यार्थी सङ्घले आज बिहान १० बजेदेखि जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएको छ ।

विश्वविद्यालयका रजिस्ट्रार भट्टले राजीनामा दिनुपर्ने र विद्यार्थी नेता पुरोहित बडूमाथि बैठक कक्षमै साङ्घातिक हमला गर्ने अनेरास्ववियुका विद्यार्थीमाथि कारबाहीको माग गर्दै विद्यार्थी धर्नामा बसेका हुन् ।

विद्यार्थी नेता बडूमाथि हमला गर्नेविरुद्ध प्रहरीले उजुरी नलिएको र कारबाही नगरेकाले धर्नामा बस्नु परेको नेपाल विद्यार्थी सङ्घ कञ्चनपुरका अध्यक्ष अच्युत कलौनीले बताए ।

विद्यार्थीको पठनपाठन कार्यलाई ध्यानमा राख्दै सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा आइतबार गरिएको तालाबन्दीको कार्यक्रम भने फिर्ता लिइएको उनले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप