बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय

काँग्रेसको विरोधपछि संसद्को बैठक फेरि स्थगित

सोमबार, १७ जेठ २०७३, १४ : ०६
सोमबार, १७ जेठ २०७३

काठमाडौँ– व्यवस्थापिका–संसद्को दोस्रोपटक बसेको बैठक पनि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको विरोधका कारण पुनः स्थगित भएको छ ।

आधा घन्टाका लागि स्थगित भएको सदनको बैठक दोस्रोपटक सुरु भएपछि सभामुख ओनसरी घर्तीले नेपाली काँग्रेसका नेता रमेश लेखकलाई बोल्न दिए । उनले बजेटका महत्वपूर्ण जानकारी पत्रपत्रिकामा पुगेका कारण सेयर बजारमा असर परेको भन्दै सो विषय गम्भीर अपराध भएको बताए ।

व्यवस्थापिका–संसद्को क्षेत्राधिकारको विषय रहेको बजेटअगावै बाहिरिनु संसदीय मर्यादा र गरिमा विपरीतको विषय रहेको भन्दै उनले तथ्य र तथ्याङ्क बाहिर जानु न्यूनतम् मर्यादा विपरीतको विषय रहेको उल्लेख गरे । यसअघि बजेट चुहिएको विषयमा सदनले नै सदनमा प्रतिनिधित्व गर्ने सबै दलको सहमतिमा छानबिन समिति गठन भएको उल्लेख गर्दै उनले भने – “बजेटको सूचना बाहिर जानु गम्भीर विषय भएको प्रतिवेदन उक्त समितिले दिएकाले सो आधारमा पनि सरकारले प्रस्तुत गरेको व्यवहार पनि गलत छ । यसलाई तत्काल सच्याउनु जरुरी छ ।”

सांसद लेखकले बजेट बाहिर गएको विषयमा छानबिन नहुँदासम्म सदनको कारबाही अगाडि बढ्न नसक्ने जानकारी गराएपछि काँग्रेसका सबै सांसद आशनबाट उठे

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप