बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय

सरकारी जागिर छोडेर बाख्रा पालन व्यवसायमाः कठायत

सोमबार, १७ जेठ २०७३, १६ : १२
सोमबार, १७ जेठ २०७३

सल्यान–शारदा नगरपालिका वडा न ९ निचालचुलामा जनक बहादुर कठायतको जीवन फरक शैलीमा चलिरहेको छ । कठायतले सरकारी जागिर छोडेर बाख्रापालन व्यवसाय गर्दै आइरहेका छन् । व्यवासायिक बाख्रा पालन व्यवसाय गर्र्दै आएका कठायतले मासिक ६० हजार आम्दानी गर्दै आइरहेका छन् । ११ वर्षसम्म शिक्षक पेशा अंगालेका जनकले विगत २ वर्षदेखि व्यवसायिक रुपमा बाख्रा पालन गर्दै आएका हुन् । स्थायी जागिर छोडेर पशु पालन तर्फ लागेका कठायत अहिले गाउँकै नमुना कृषक बनेका छन् । ‘सरकारी जागिर खाँदा मासिक १५ हजार हुन्थ्यो तर बाख्रा पालन गर्न थालेपछि मासिक ५० हजार देखि ६० हजारसम्म कमाई गर्दै आइरहेको छु’ कठायतले बताए । उनले भने, ‘ ’सुरुमा त सरकारी जागिर छोडेर बाख्रा पाल्छु भन्दा गाउँलेले यो त बौलायो, हँुदाखादाका जागिर छोडेर बाख्रा पाल्न थाल्यो भने ।’ एक लाख ५० हजारको लगानीबाट व्यवसाय सुरु गरेका कठायतको फर्ममा अहिले १सय ५० बाख्रा रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप