बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय

अवैध काठसहित ट्याक्टर बरामद, तस्करद्वारा चलखेल

सोमबार, १७ जेठ २०७३, १६ : ४८
सोमबार, १७ जेठ २०७३

रौतहट –जिल्ला बन कार्यालय रौतहटको गस्ती टोलीले ५० क्युविफिट सालको काठ र दाउरासहित एक ट्याक्टर बरामद गरेको छ ।

बन सुरक्षाका जमदार पुण्यदेव प्रकाश बण्ठाको नेतृत्वमा गएको टोलीले सिमरी रेन्जपोष्ट अन्तरगत मैढा जंगलबाट शनिवार साँझ बेवारीसे अवस्थामा उक्त काठ सहितको ट्याक्टर बरामद गरेको हो।

नम्बर नरहेको ट्याक्टरमा आठवटा सालका गोलिया र केही दाउरा बरामद गरी बन सुरक्षा टोलीले शनिवार साँझ नै आवश्यक कार्यवाहीको लागी जिल्ला बन कार्यालय चन्द्रनिगाहपुरमा ल्याएको थियो ।

आज बिहानै उक्त खबर बारे बनले जानकारी गराउनुपर्नेमा सो नगरी तस्करहरुले रकमी चलखेल गरी काठ सहीतको ट्याक्टर छुटाउने खेलमा लागेको स्रोतले जनाएको छ ।

तर बन अधिकृत श्रीभगवान गुप्ताले काठको नाप जाँचगर्ने कर्मचारी समयमै आउन नसकेकाले ढिलो हुन गएको बताएका छन् ।

साथै ट्याक्टरमा नम्बर प्लेट नभएकाले कसको हो भनी छुटयाउन नसकीएको गुप्ताले बताए । बन स्रोतका अनुसार बरामद ट्याक्टरको चेचिस नम्बर र ईजिन नम्बरले धनीको नाम ठेगाना यातायात कार्यालय बाट जानकारी लिन सकीने भएपनी कार्यालयले त्यसो नगरी बेवारीसे घोषणा गरेर तस्करलाई बचाउने गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप