बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय

कृषिसँग सम्बन्धित अन्तर्राष्ट्रिय सम्मेलन शुरु

सोमबार, १७ जेठ २०७३, १६ : ५९
सोमबार, १७ जेठ २०७३

काठमाडौं–‘नेपालमा दिगो कृषिको विकासः चुनौतीहरु, संभावनाहरु र विकल्पहरु’ विषयक दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन राजधानीमा शुरु भएको छ । इन्टरनेशनल फूड पोलिसी रिसर्च ईन्टिच्यूट(इफ्प्री) द्धारा ईन्टिच्यूट फर इन्टिग्रेटेड डेभपलमेन्ट स्टडिज् (आईआईडिएस) र नेपाल इकोनोमिक एशोसियसन (एनईए) को सह संयोजनमा आयोजित सम्मेलनको उदघाट्न गर्दै कृषि विकास मन्त्री हरिबोल गजुरेलले नेपालमा दातृ निकायको लगानी र नेपाली कृषिको आवश्यकता मेल नखाएको बताए । कृषि विकास मन्त्री गजुरेलले हाम्रो रुची एउटा क्षेत्रमा छ तर विदेशी निकायहरुले हामीलाई अर्कै खाना खुवाईरहेको भन्दै यसले विवाद उत्पन्न भएको दाबी गरे ।

कार्यक्रममा इन्टरनेशनल फूड पोलिसी रिसर्च ईन्टिच्यूट (इफ्प्री)का महानिर्देशक सेंगेन फानले महिला तथा युवाहरुका लागि कृषि क्षेत्रमा थप संभावना श्रृजना गर्नुपर्ने बताए । महानिर्देशक फानले प्राकृतिक प्रकोप, खाद्य सुरक्षा चुनौतीहरु, जलवायु परिवर्तन, जनसंख्या वृद्धिजस्ता चुनौतीहरु वैश्विक खाद्य प्रणालीमा देखिएको भन्दै त्यसलाई न्यूनिकरण गर्दै जानुपर्ने बताए ।

त्यसैगरी कार्यक्रममा यूएसएडका खाद्य तथा सुरक्षा लिडर, डा. बेले मेग्स्तिुले नेपालले खाद्य असुरक्षा कम गर्न प्रयास गरिरहेकोमा सह्राना गर्दै नेपालको कृषिको विकास गर्न आफूहरु प्रतिबद्ध रहेको बताए ।

अर्थशास्त्री विश्वम्भर प्याकुरेलले नेपालमा खाद्यान्न खपतको प्रवृत्ति फरक हुँदै गएको प्रति चिन्ता व्यक्त गर्दै कृषिको विकासका लागि दिईने सुझावहरु सरकारले अवलम्बन गर्नेमा आशंका व्यक्त गरे । सम्मेलनमा न्यून उत्पादकत्व, उच्च अस्थिरता, जलवायू परिवर्तनको आकस्मिक असर, पर्याप्त पूर्वाधार तथा लगानीको कमी जस्ता चुनौतीहरुको बारेमा छलफल गरि आगामी दिनका लागि निष्कर्ष निकालिने उद्धेश्य रहेको छ । दुई दिने सम्मेलनमा नेपाल, भारत, अमेरिकासहितका विभिन्न मुलुकहरुबाट कृषि अनुसन्धानकर्मी, विज्ञ, सरकारी अधिकारी, दातृ निकाय तथा निजी क्षेत्रका करिब एक सय प्रतिनिधिहरुको सहभागीता रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप