बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय

बोक्सोको आरोपमा मारिएका तुलु सार्कीको परिवारको लागि अष्ट्रेलियामा सहयोग जुट्दै

सोमबार, १७ जेठ २०७३, १७ : ४९
सोमबार, १७ जेठ २०७३
काठमाडौं, जेठ १७– बोक्सोको आरोपमा जिउँदै खाल्डोमा पुरी विभत्स हत्या गरिएका रसुवाको यार्सा गाविसका तुलु सार्कीको परिवारको लागि अष्ट्रेलियामा रहेका नेपालीहरु सहयोग संकलनमा जुटेका छन् । अष्ट्रेलियामा बस्दै आएका दीपक क्षेत्रीको सक्रियतामा सहयोग संकलन भइरहेको हो । हालसम्म रु एक लाख बढी सहयोग जुटिसकेको र जुट्ने क्रम जारी रहेको क्षेत्रीले जानकारी दिए । सार्कीको बोक्सोको आरोपमा गत बैशाख ४ गते गाउँलेबाट हत्या भएको थियो । उनको हत्यापछि सार्कीको परिवारको विचल्लीमात्रै भएको छैन उनीहरु गाउँबाट विस्थापित समेत बनेका छन् । यो पनि पढ्नुहोस् तुलु सार्कीका छोरा भन्छन्, ‘जे नहुनु थियो, भइसक्यो ,  अब बुबाको हत्यारालाई जन्मकैद सजाय हुनुपर्छ’  पत्रकार Ground zero मा पुगेपछि देखे : तालीवानी शैलीमा मारिएका रहेछन् तुलु सार्की थिङ, ‘बोक्सो’ भन्दै जिँउदै खाल्डोमा पुरेर मारियो 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप