बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय

राज्यले फजुल खर्च रोकेर किसानका हितमा बजेट बढोत्तरी गर्दे लैजानुपर्ने

सोमबार, १७ जेठ २०७३, २० : ५४
सोमबार, १७ जेठ २०७३

काठमाडौँ, जेठ १७– प्राणी जगत्को कल्याणका लागि दिगो उत्पादनमा लोक कल्याणकारी राज्यको प्रमुख दायित्व हुनुपर्ने निचोड निकाल्दै दुई दिने दिगो कृषि सम्मेलन आज सम्पन्न भएको छ ।

सम्मेलनमा सहभागी भारत, चीन र नेपालका कृषि विशेषज्ञले खाद्य सम्प्रभूतालाई सुनिश्चित गर्नु राज्यको दायित्व भएको बताएका थिए ।

समापन कार्यक्रमपछि आयोजित पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै इन्टरनेशनल फूड पोलिसी रिसर्च इन्सिटच्युट –इफ्रिई) का निर्देशक डा सेन्जन फ्यानले दुई छाक पेटभर खाना पाउनुपर्ने जनताको अधिकारलाई राज्यले भुल्नु हुदैन भने।

सो सम्मेलनमा दिगो कृषि विकासको सम्भावना र चुनौतीका बारेमा प्रकाश पार्दै विज्ञले उन्नत बीउबिजन, मलखाद्य, कीटनाशक औषधि, सिँचाइका नयाँ नयाँ तरिका, कृषिको आधुनिकीकरण, बजारको सुनिश्चिततालगायत विषय राज्यको प्राथमिकतामा पर्नुपर्ने बताएका हुन् ।

इफ्रिई दक्षिण एसियाका निर्देशक पिके जोशीले जनसङ्ख्याको बढोत्तरीसँग तालमेल मिलाउँदै राज्यले फजुल खर्च रोकेर किसानका हितमा बजेट बढोत्तरी गर्दे लैजानुपर्ने बताए।

सम्मेलनको आयोजना इफ्रीई, नेपाल इकोनोमिक एसोसिएसन (एनइए) र इन्सिटच्युट फर इन्टिग्रिटेड डेभलपमेन्ट स्टडिज् (आइआइडिएस) को संयुक्त आयोजनामा भएको सम्मेलनमा कृषि क्षेत्रका चुनौती, सम्भावना, कृषि उत्पादकत्व, प्रवृत्ति, स्रोत र साधनको उपयोग, समावेशीकरण, बसाइँसराइ, करारखेती, विश्व व्यापार सङ्गठनका विषयमा बहस भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप