बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय

स्नातक तह दोस्रो वर्षको परीक्षा असार २२ गतेदेखि (तालिकासहित)

मङ्गलबार, १८ जेठ २०७३, १० : ४८
मङ्गलबार, १८ जेठ २०७३

काठमाडौं– त्रिभुवन विश्वजिद्यालय परीक्षा नियन्त्रण कार्यालयले स्नातक तह दोस्रो वर्षको परीक्षा तालिका मंगलबार सार्वजनिक गरेको छ । कार्यालयले तीन वर्षे तथा चारवर्षे स्नातक तह दोस्रो वर्षका सबै संकायको परीक्षा तालिका सार्वजनिक गरेको हो ।

तालिकाअनुसार असार २२ गतेदेखि परीक्षा सुरु हुनेछ भने परीक्षा साउन ९ गतेसम्म चल्नेछ । तीन वर्षे स्नातक तह दोस्रो वर्षको मानविकी, व्यवस्थापन, विज्ञान कानून र शिक्षाशास्त्र संकायको परीक्षा दिउँसो १ बजेदेखि ४ बजेसम्मको लागि तय गरिएको छ भने चारवर्षे बिएस्सी र बीबीएस परीक्षा बिहान ७ बजेदेखि १० बजेसम्म चल्नेछ ।

यस्तै चारवर्षे र तीनवर्षे बीएफए संकायसको परीक्षा तालिका पनि कार्यालयले सार्वजनिक गरेको छ । सबै संकायको परीक्षा  तालिका हेर्नुहोस्

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप