बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय

मुसहर बस्तीमा एसएलसी पास हुँदाको खुसीयाली, बोका काटेर भोज

मङ्गलबार, १८ जेठ २०७३, ११ : ०४
मङ्गलबार, १८ जेठ २०७३

बर्दिबास– गत वर्ष आफ्नो छोरो मुसहर समुदायबाट पहिलो एसएलसी उत्तीर्ण हुन सफल भएको खुशियालीमा महोत्तरीको बर्दिबास नगरपालिका २ स्थित मुसहर बस्तीका  एक अभिभावकले गाउँलेलाई भोज खुवाएका छन् ।

स्थानीय मानकी सदाले आफ्नो छोरो एसएलसी पासभएकोमा  सोमबार बोका काटेर गाउँलेलाई भोज खुवाएकी हुन् । करीब ४ सय जनाको बसोबास रहेको मुसहर बस्तीबाट मानकी सदाकी १८ बर्षीय छोरा मञ्जय सदाले स्थानीय जनता उच्च मावि बर्दिबासबाट २०७१ सालमा ५८.६८ प्रतिशत अंक ल्याएर एसएलसी परीक्षा उत्तिर्ण गरेका थिए । ‘आफ्नो छोरो एसएलसी पास भयो भने पञ्चधुरा माइस्थानमा बोका चढाउछु ’ भन्दै मञ्जयका बुवा लक्ष्मी सदाले दुई बर्ष अघि भाकल गरेका थिए । तर, मञ्जयका वुवाको ७ महिनाअघि नै मृत्यु भएको थियो । श्रीमानको भाकल पूरा हुन नपाउँदै मृत्यु भएपनि श्रीमती मानकीले भाकल अनुसार सोमबार बर्दिबास स्थित पञ्चधुरा माइस्थान मन्दिरमा बोका चढाएर छोरा एसएलसी पास गरेको खुशियालीमा गाउँलेलाई भोज खुवाएकी हुन् । भोजमा २ सय मुसहरहरुको सहभागिता थियो । पछिल्लो समय हास्य कलाकार धुर्मुश—सुन्तलीको प्रेरणाले स्कूल बाहिर रहेका मुहसरका बालबालिकाहरु यसै शैक्षिक सत्रबाट स्थानीय जनता उच्च माविमा अध्ययन गर्न जान थालेको स्थानीय सुनिता सदाले बताइन् । छात्रवृत्ति पाएर एसएलसी पास गरेका मञ्जयले भरखरै सम्पन्न कक्षा ११ को परिक्षा वाणिज्य संकायबाट दिएका छन् । मञ्जय भन्छन्,‘ मेरो पढेर बैंंकमा जागिर खाने रहर छ । मुसहर समुदायको नाम रोशन गर्नु छ ।’ मेहेनती र जेहेन्दर मञ्जयले आफ्नो गाउँलाई परिवर्तन गर्न मुसहर बस्तीका बालबालिकाहरुलाई निशुःल्क ट्युसन पढाउदै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप