बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय

महोत्तरीमा निमावि तहका २३ हजार ९४२विद्यार्थीले किताब पाएनन्

मङ्गलबार, १८ जेठ २०७३, ११ : ०९
मङ्गलबार, १८ जेठ २०७३

बनौटा (महोत्तरी )–महोत्तरीको बनौटा २ मा रहेको जनता उच्च माध्यमिक विद्यालयको कक्षा ६, ७ र ८ मा अध्ययनरत विद्यार्थीहरुले अहिले सम्म पाठ्यपुस्तक पाउन सकेका छैनन् । गत बैशाख ६ गतेबाट विद्यालयमा पढाई सुरु भएको थियो । विद्यालय संचालकनको करीब ४५ दिन वितिसक्यो । अब पहिलो त्रैमासिक परिक्षा आउन लगभग ३५ दिन मात्र बाँकी हुदा पनि विद्यार्थीहरुको हातमा किताब पुग्न नसकेको हो । विद्यालयको कक्षा ६ मा १०४ जना, कक्षा ७ मा १४६ जना र कक्षा ८ मा १०२ जना गरि ३५२ जना विद्यार्थीले पाठ्पुस्तक पाउन नसकेको विद्यालयका प्रधानाध्यापक महेश झा रोशनले बताए । ‘विद्यालयको खातामा किताब किन्ने रकम छ । बिक्रेता काँहा समयमा किताब नआउँदा विद्यार्थीलाई किताब दिन सकिएको छैन । ’प्र.अ.झाले ,‘ विद्यार्थीको हातमा किताब नभएपनि हामीले कक्षा संचालन गरिरहेका छौं । ’ प्रत्येक दिन विद्यार्थीहरुले आफुहरुले किताब कहिले पाउने ? भन्दै विद्यालयको कार्यालयका आउने गरेको उनले बताए । जनता मावि धमौरा ४ मा निमावि तहमा अध्ययनरत करीब ३ सय विद्यार्थीले पनि किताब पाउन सेकेका छैन । जिल्ला शिक्षा अधिकारीलाई निमावि तहको किताब बजारमा नपाएको गुणासो पटक पटक गर्दा पनि कुनै सुनवाई नभएको जनता मावि धमौराका प्रधानाध्यापक शुशिल यादवले बताए । यि दुई निमावि प्रतिनीधि उदाहरण मात्रै हुन् । यस्ता जिल्लाका ५५ वटा निमावि र ६६ वटा माविका कक्षा ६,७ र ८ का गरि २३ हजार ९४२ जना विद्यार्थीले अहिले सम्म किताब पाएका छैनन् । महोत्तरीको उत्तरी क्षेत्रको कुनै कुनै विद्यालयले विद्यार्थीलाई किताब बितरण गरेपनि सबै किताब दिन सकेको छैन । विद्यार्थीले किताब नपाउँदा शिक्षण क्रियाकलाप अन्योलमा परेको गएको शिक्षक संघ महोत्तरीका अध्यक्ष शुशिल यादवले बताए । निमावि तहको किताब उपलब्ध गराउने जिम्मा पाएका जनक शिक्षा सामाग्री लि. जनकपुरका एकाउन्टेन रमेश यादवले किताब बिक्रेता काँहा किताब पुगेको र बिक्रेताले

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप