बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय

ए मेरी बास्सै ! हनुमाने र मंगलीको बिहे नै भाको र ? ( हेर्नुस् भिडियो )

मङ्गलबार, १८ जेठ २०७३, ११ : ५०
मङ्गलबार, १८ जेठ २०७३

काठमाडौँ- चर्चित टेलिफिल्म मेरी बास्सैका एक चर्चित जोडीको बिहे भएको फोटोले एक हप्ता अघि सामाजिक संजालमा तहल्का मच्चाएको थियो | हनुमाने अर्थात बुद्धि तामाङलाइ त बधाईको ओइरो नै आइ पर्यो | फोनमा र म्यासेजमा | हैन शुटिङ हो भन्दा नि कतिपय शुभचिन्तकले त पत्याएन | मण्डला थिएटर नजिकै चिया पसलमा भेटिएका बुद्धि तामाङ् सोहि प्रश्न तेर्स्याउनेलाइ त्यहि उत्तर फर्काउदै थिए | यसपाली त्यसै पनि बधाई धेरै खाइयो 'होउ' भन्दै थिए | प्रसंग हो मेरी बास्सैको उनको जोडी रजनी गुरुङ संग बेहुला बेहुलीको पहिरनमा आएको एक फोटोको | झन्डै १० दिन अघि मात्र उनीहरुको त्यो फोटो सहितको समाचार आई रहेको थियो निरन्तर रुपमा | फोटो पत्रकार नबिन बाबु गुरुङले आफुहरुलाई यस अवस्था सम्म ल्याईपुर्याएको उनले बताए | मिल्ने साथि नबिनले आफुहरुको जोडीलाई सोचेर म्युजिक भिडियोको लागी स्क्रिप्ट लेखेको सुनाए पछि गीत संगै स्क्रिप्ट पढे पछि आफु राजि भएको उनले सुनाए | तर रजनीलाई धेरै कुर्नु पर्यो | गुरुङ चलचित्र संगै पोखरामा रहेर विभिन्न म्युजिक भिडियोहरुमा ब्यस्त उनिलाइ हङ्कङ्को कार्यक्रम सकुन्जेल कुर्नु परेको उनले सुनाए | विकास उप्रेतीको स्वरमा रहेको हामी जाउँला है राफ्टिङ् चढेर बोलको यस गीतको म्युजिक भिडियोको एक ठाउँमा रजनी र बुद्धिलाई बेहुला बेहुली भएर बेहुलाको घर सम्म पुगेको देखाइन्छ | तर गाउँले मन मात्र परेको केटीले संगै घर सम्म जाउँ भन्ने प्रस्तावलाइ स्वीकारेर जाँदै गर्दा आफुले बेहुली बनाएर लागेको सिन मात्र रहेको उनले बताए |

यस गीतलाई किरण भण्डारीले रमाइलो शैलीमा लेख्ने र संगीत भर्ने काम गरेका छन् | यस म्युजिक भिडियोलाइ जिबन थापाले सम्पादन गरेका छन् भने निर्देशक नबिनसंगै राजु तामाङ् र विकास पौडेलले खिचेका छन |

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप