बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय

शिवम् सिमेण्टको धनवर्षा योजनाः विजेताहरु पुरस्कृत

मङ्गलबार, १८ जेठ २०७३, १२ : ५४
मङ्गलबार, १८ जेठ २०७३

काठमाडौं–शिवम् सिमेण्टले आफ्नो धनवर्षा योजना अन्तर्गतका पुरस्कार विजेताहरुलाई एक समारोहकाबीच पुरस्कार वितरण गरेको छ । डिलरहरुको लागि आयोजना गरिएको भेलाको कार्यक्रमको दौरानमा गोलाप्रथा गरी विजेताहरु चयन गरिएको थियो ।

डिलरहरुको शुक्रबार भएको सो भेलामा विभिन्न मनोरन्जनात्मक कार्यक्रमहरुका साथै अन्तरक्रियात्मक क्रियाकलापहरु र विङ्गो खेलको संचालन गरिएको थियो ।

पुरस्कार रकम क्रमशः १–१ लाख, २–२ लाख र ३–३ लाख नगद प्रत्येक २–२ जना भाग्यशाली विजेताहरुलाई प्रदान गरिएको थियो ।

विजेताहरुमा रु. १ लाख,विजेताहरु क्रमशःत्रिपुरा इन्टरप्राइजेज लोकन्थली र लोकेन्द्र इन्टरप्राइजेज सानोभर्याङ रहेका छन् ।

स्तैगरी रु. २ लाख विजेताहरुमा क्रमशःआर. एस. सप्लायर्स सानोठिमी र बागभैरब इन्टरप्राइजेज क्रितीपुर र अर्को रु. ३ लाखविजेताहरु क्रमशः न्यू सिद्दी हार्डवयर कलंकी र गणेश इन्टरप्राइजेज धादिङ रहेका छन् ।

उनीहरुलाई सिमेण्टका सेल्स एण्ड मार्केटिङका भाईस प्रेसिडेन्ट सजन देवकोटाले पुरस्कार प्रदान गरे । भेलामा बागमती अञ्चलका सबै डिलरहरु, शिवम् सिमेण्टका पदाधिकारीहरु र सेल्स एण्ड मार्केटिङका सदस्यहरुको उपस्थिति रहेको थियो ।

यस प्रकारको क्रियाकलाप र योजनाहरु संचालन गर्नुको मुख्य उद्देश्य डिलरहरुसँगको सम्बन्धलाई अझ मजबुत बनाउनु तथा सरोकारवाला साझेदारहरुलाई सम्भव भएसम्मको उत्कृष्ट सुविधा प्रदान गर्नु

भएको शिवम् सिमेण्टका सेल्स एण्ड मार्केटिङका भाईस प्रेसिडेन्ट सजन देवकोटाले बताए ।शिवम् सिमेण्ट नेपालको ओपिसि सिमेण्टमा अत्यन्त विश्वास गरिएको र पहिलो प्राथमिकता दिइएको सिमेण्ट हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप