बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय

जमलचोकका तीन भाई कपालीबाट यसरी ठगिए सोझा थकाली

मङ्गलबार, १८ जेठ २०७३, १३ : २८
मङ्गलबार, १८ जेठ २०७३

काठमाडौं–राजधानीको जमलचोकमा रहेको सार्वजनिक सत्तल/पाटी व्यक्तिको नाममा पास गर्दिन्छु भन्दै कमलाक्षीका कपालीहरुले ३३ लाख ठगेको पाइएको छ । काठमाडौंको कमलाक्षी बस्दै आएका एउटै बाजेका सन्तान रमेश कपाली, विष्णु नारायण कपाली र हर्षनारायण कपालीले रुपन्देहीका विष्णु बहादुर गौचनलाई यस्तो लालचनमा पारेर सो रकम ठगेका हुन् । मालपोत कार्यालय डिल्लीबजारमा लेखापढी गर्ने शान्तिराम दाहालको सहयोगमा कपाली दाजुभाईले यसरी ठगी गरेको तथ्य रातोपाटीले फेला पारेको छ । राजधानीमा ब्यापार ब्यवसाय गर्दै आएका रुपन्देहीका विष्णु बहादुर गौचन ब्यापार चल्ने ठाउँमा घरजग्गा किन्ने सोचमा थिए । एकपटक मालपोत कार्यालय डिल्लीबजार पुगेका बेला भेट भएका लेखन्दास शान्तिराम दाहाललाई उनले ‘पसल संचालन गर्न मिल्ने उपयुक्त जग्गा विक्रीमा रहेको सुचनामा पाए खबर गर्नु’ भनेर हिँडेका थिए । खबर छाडेको केही दिनमै शान्तिरामले गौचनलाई ‘घरजग्गा बेच्ने मान्छे भेटियो’ भन्दै टेलिफोन गरे । कुरा २०६९ मंसिर ताकाको हो । शान्तिरामले भेटाएका तीनजना घरधनीसँग गौचनले छलफल गरे । छलफलका क्रममा कपाली दाजुभाईले आफ्ना बाबु–बाजे दशनारायण कपाली र श्रीनारायण कपालीको नाममा नाप नक्सा भई फिल्डबुक प्रमाणित भएको कित्ता नम्बर २८९ को दुई आना एक दामको जग्ग्गाधनी परापुर्व कालदेखि आफ्नै पिता पुर्खा भएको र सोही जग्गामा पिता पुर्खाले नै स्वबासी घर बनाई आजसम्म बसेको दाबी गरे । २०२१ सालमा घरजग्गा नापि हुनुपुर्व फिल्डमा कसैले घर बनाएर बसेमा त्यस्ता घरजग्गाको फिल्डबुक दिने र पछी लालपुर्जा बनाईदिने सरकारी प्रावधान थियो । कपाली दाजुभाईले ‘त्यस्तौ हो’ भन्दै स्वबासी घरजग्गाको दर्ता खुलेको ३५ दिनभित्र तपाईको नाममा लालपुर्जा बनाईदिन्छौं भनेर घरको मुल्य १ करोड २५ लाख आफुहरुले पाउनुपर्ने दावी गरे । ‘बैना’ भन्दै ३३ लाख झ्वाम ! सरकारी स्वामित्वमा रहेको सत्तल÷पाटीको मुल्य १ करोड २५ लाख कबोलेका कपाली दाजुभाईले आ–आफ्नो अंश बापत भन्दै तिनै जनालाई छुट्टछुट्टै बैना दिन विष्णु बहादुर गौचनलाई आग्रह गरे । आफुलाई सार्वजनिक सत्तलको हकदार भन्ने रमेश कपालीले बिस लाख, विष्णु नारायण कपालीले बिस लाख तथा हर्ष नारायणले पचासी लाख भन्दै आ–आफ्नो अंश छुट्याएर बैना बापत अग्रिम भुक्तानी दिन आग्रह गरेपछी गौचनले तत्कालिन किष्ट बैंको चेक मार्फत तिनै दाजुभाईलाई छुट्टाछुट्टै भुक्तानी दिएका थिए । गौचनका अनुसार दुई पटक गरेर रमेश कपालीले ६ लाख पैसा बुझेका थिए । त्यस्तै हर्ष नारायण कपालीलाई बिस लाख र विष्णु नारायण कपालीलाई दुई लाख दिएका गौचनबाट डिल्लीबजार मालपोतका लेखन्दास शान्तिराम दाहालले पनी ‘बैना कमिशन’ भन्दै पाँच लाख फुत्काए । बैना लेना देनाको कागज शान्तिराम दाहालले तयार पारेका थिए । ‘कपाली हरुले सहिछाप गरेर पैसा लाँदासम्म मैले आफु ठगिएको महसुस गरेको थिईन’ गौचनले महानगरीय प्रहरी परिसर टेकुमा दिएको जाहेरीमा उल्लेख गरिएको छ, ‘कपालीहरुले पैसा लिएको तिन बर्षपछि स्वाबासी घर जग्गा दर्ता खुलेका दिन महानगरको वडा कार्यालयमा जाँदा उक्त घरजग्गा बारेको मुद्धा सर्वोच्चबाट फैसला भैसकेको थाहा पाएँ ।’ बैना बुझाएको तिन बर्षपछी काठमाडौं महानगरपालीका वडा नं ३० मा ‘स्वबासी घर जग्गा दर्ता प्रयोजनार्थ सिफारिश’ लिन पुगेका गौचनलाई वडा कार्यालयका कर्मचारीले सर्वोच्च अदालतबाट सो भवन सरकारी सत्तल÷पाटी ठहर भैसकेको सुन्नमा आएको जानकारी गराएका थिए । सर्वोच्चले कपालीहरुलको विपक्षमा फैसाल गरेको भएपनि उनीहरुले सो मुद्धा आफुहरुले जितेको दावी गरे । त्यतिन्जेल बिचौलियाको भुमिका खेल्ने शान्तिराम दाहाल सम्पर्क विहीन भैसकेका थिए । त्यसपछी विष्णु बहादुर गौचन सर्वोच्च अदालतको अभिलेख शाखामा पुगेर फैशलाको प्रतिलिपी खोज्न थाले । ०६४ वैशाख २० गते सो घरजग्गा सार्वजनिक सत्तल कायम हुने सर्वोच्चको फैसला आफ्नै आँखाले देखेपछी बल्ल उनले आफु ठगिएको थाहा पाए । ‘तैंले जान्दो गर’ भनेपछि प्रहरीको शरणमा गत महिना सर्वोच्च अदालतको फैसलको प्रतिलिपी बोकेर गौचन कपाली दाजुभाईलाई भेट्न पुगे । फैसलाको प्रतिलीपि देखाउँदै आफैं बादी बनेर फिराद दायर गरी जिल्ला, पुनरावेदन र सर्वोच्चाट समेत सार्वजनिक कायम भएको घर जग्गा स्वबासी दर्ता नहुने भन्दै गौचन कड्किए । ‘सार्वजनिक सम्पतीलाई निजी हो’ भनि बिक्री बापत लिखत समेत गरी झुक्याएर आफुलाई ठगेको हुँदा ‘चुपचाप बैना भनेर लिएको ३३ लाख फिर्ता गर्न’ गौचनले आग्रह गरे । ‘त्यतिवेला मालपोतका कर्मचारीले दर्ता गरिदीन्छौं भनी आश्वासन दिएको भन्दै कपालीहरुले केही समय पर्खन आग्रह गरे’ गौचन भन्छन्, ‘अदालतले सार्वजनिक ठहर गरेको जग्गा मालपोतले दर्ता गरेपनी नचाहिने भन्दा उनिहरुले मैले दिएको बैना रकम फिर्ता नदिने भन्दै ‘तैंले जानेको गर’ भन्न थाले । अहिले गौचन महानगरीय प्रहरी परिसर काठमाडौंको शरणमा पुगेका छन् । जमल चोकको सार्वजनि सक्तलको भुँइतल्ला र त्यसमाथिको एक तल्ला कपालीहरुले भाडामा लगाएका छन् । त्यसभन्दा माथि रमेश कपालीको परिवार बस्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप