बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय

बजेट लिकबारे छानबिन गर्न समिति बनेसँगै संसद बैठक सुरु

मङ्गलबार, १८ जेठ २०७३, १४ : ०६
मङ्गलबार, १८ जेठ २०७३

काठमाडौं– अर्थमन्त्री विष्णु पौडेलले व्यवस्थापिका संसदमा बजेट प्रस्तुत गर्नुअघि नै लिक गरिएको भन्दै कांग्रेसले लगायतार संसद अवरोध गरेसँगै छानबिन समिति गठन गरिएको छ । कांग्रेस सांसद रमेश लेखकको संयोजकत्वमा संसदीय छानविन समिति गठन भएसँगै संसद बैठक अहिले सुचारु भएको छ ।

समितिले तीन महिना १५ दिनभित्र बजेट लिकबारे छानबिन गर्नेछ भने विगतको अध्ययन समेत गरी भावी दिनमा यस्ता गतिविधि नदोहोर्‍याउन सुझाव दिनेछ ।

यसअघि कांग्रेसले लिकबारे  छानविन गर्न संसदीय विशेष समिति गठनको माग गरेको थियो ।   सोहि कारण सोमबार उसले चार पटक संसद अवरुद्ध पारेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप