बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय

नेपाल क्यान्सर हस्पिटलद्वारा क्यान्सर दिवसको अवसरमा कार्यशाला

मङ्गलबार, १८ जेठ २०७३, १४ : ५४
मङ्गलबार, १८ जेठ २०७३

काठमाडौं–नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालीले विश्व सुर्तिजन्यपदार्थ रहित दिवसका अवसरमा कार्यशाला गोष्ठी आयोजना गरेको छ । कार्यशालमा ललितपुर उपमहानगरपालिकाका सम्पूर्ण वडाका स्वास्थ्य स्वयंम्सेवकलाई प्रशिक्षण समेत दिइएको छ ।

के भने सहभागीहरुले ? कार्यक्रममा बोल्दै डाक्टर विजेश राज घिमिरेले संसारभर ६० लाख मानिसको प्रत्येक वर्ष सुर्तिजन्य पर्दाथ सेबनका कारण ज्यान जाने गरेको बताए । उनले १ सय ६८ देशले विश्व स्वास्थ्य संगठनसँग सुर्तीजन्य पर्दाथ उन्मूलनका लागि हस्ताक्षर गरेको बताए । तर अहिलेसम्म सुर्तिजन्य पर्दाथ अधिकांश देशमा प्रयोग हुँदै आएको छ । नेपालले यस सन्धीमा हस्ताक्षर गरेको १२ वर्ष पुगेपनि अहिलेसम्म सुर्तिजन्य पर्दाथको उत्पादनमा रोक नलागेको गुनासो सहभागीहरुले गरे । नेपालमा समस्या के–के ? नेपालमा प्रत्येक वर्ष १५ हजार क्यान्सर रोगीको निधन हुन्छ । त्यसमध्ये महिलाहरुको पाठेघरमा हुने क्यान्सर तथा फोक्सो र मुखका समस्या विकराल छन् । औषधी र प्रविधि महगोँ भएका कारण नेपालमा ज्यान गुमाउनेको संख्या धेरै छ । यस्तो समस्या समाधानका लागि सरकारले प्रत्येक नागरिकको स्वास्थ्य बिमा गरेर अफ्टेरो परेको अवस्थामा सर्वसुलभ तवरले उपचार गर्नुपर्ने सहभागीहरुले बताएका छन् । कहाँ– कहाँ मनाइयो विश्व सुर्तीजन्य पदार्थ रहित दिवस यस वर्ष विश्व स्वास्थ्य संगठनले गेट रेडी अफर प्लेन प्याकेजिङ भन्ने नाराका साथ सुर्तीजन्य पर्दाथ रहित दिवस मनाउने निर्णय गरेको थियो । यसै निर्णयअनुसार नेपालमा पनि यही नाराका साथ यो दिवस मनाइयो । विश्व स्वास्थ्य संगठनले विश्का सबै देशहरुका सरकारलाई प्लेन प्याकेजिङ लागू गर्नका लागि आग्रह गरेको छ । प्लेन प्याकेज भन्नाले सुर्ती, चुरोट लगायतका अन्य सुर्तीजन्य पर्दाथमा व्यापारिक पहिचान (रंङ, चिन्ह, चित्र, लोगो, ट्रेडमार्क) लाई हटाएर कम्पनीको लोगो सानो अक्षरमा प्याकेटमा राख्नुलाई बुझिन्छ । सन् २००६ को तथ्याङक अनुसार ५६ दशमलव ६ प्रतिशत पूरुष र १९ दशमलव ५ प्रतिशत महिलाले धुम्रपान गर्छन् । सुर्तिजन्य पर्दाथमा हुने ४ हजार प्रकारका रसायनमध्ये २ सय ५० रसाय अत्यन्त हानिकारक हुने र ५० भन्दा बढी रसायन तत्वले क्यान्सर निम्त्याउने गरेको विश्व स्वास्थ्य संगठनको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप