मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

पर्यटक भित्र्याउन होमस्टे तालिम

मङ्गलबार, १८ जेठ २०७३, १५ : ३९
मङ्गलबार, १८ जेठ २०७३
मुस्ताङ– सदरमुकाम जोमसोम नजिकैको ठिनी गाउँमा सञ्चालित होमस्टे घरवास कार्यक्रमलाई सफल बनाउन स्थानीयवासीलाई होमस्टे र कुक तालिम प्रदान गरिएको छ । पर्यटकीय जिल्ला मुस्ताङको ठिनी गाउँमा पहिलो पटक चार घरमा एक महिनाअघि होमस्टे सञ्चालन गरिएको छ । स्थानीयवासीलाई होमस्टे सञ्चालन र विभिन्न किसिमका परिकार बनाउन सहयोग पु¥याउने उद्देश्यले जिविस र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापले होमस्टे र कुक सम्बन्धी तालिम सञ्चालन गरेको हो । एक सय घरधुरी रहेको ठिनीमा थप २० घरले पनि केही समयभित्रै होमस्टे सञ्चालन गर्ने तयारी गरिएको छ । ती सबैलाई लक्षित गरी सञ्चालन गरिएको तालिममा ५० भन्दा बढी स्थानीयवासीको सहभागिता रहेको जिविसले जनाएको छ । होमस्टेका लागि ठिनीमा आवश्यक पूर्वाधार रहेको अवस्थामा त्यसलाई सही तरिकाले सञ्चालन गर्न सके स्थानीयवासीको आयआर्जनमा ठूलो सहयोग पुग्ने स्थानीय विकास अधिकारी हरिप्रसाद बाँस्तोलाले बताए । धार्मिकस्थल, विभिन्न कला संस्कृतिको अध्ययन गर्न र लोमान्थाङ भ्रमणका लागि आउने आन्तरिक तथा बाह्य पर्यटकको बसाइँ लम्बाउन होमस्टे प्रभावकारी हुने विश्वास लिइएको छ । ठिनीमा थकाली समुदायको कला संस्कृतिको उद्गमस्थल, ठिनी भ्यूटावर र यातायातको सहज पहुँच भएकाले होमस्टे कार्यक्रम सफल हुने सरोकारवालाहरु बताउँछन् । स्थानीय मुखिया आशबहादुर थकालीले सदरमुकाम जोमसोमदेखि २० मिनेटको दूरीमा पर्ने ठिनीमा गाउँले संस्कार पाइने बताउनुभयो । “यो तालिमले हामीलाई थप हौसला मिलेको छ, व्यावसायिक रुपमा अघि बढ्न हामी आतुर छौँ” उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप