बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय

यस्तो आयो मनिषाको पोस्टमार्टम   रिपोर्ट

मङ्गलबार, १८ जेठ २०७३, २० : ३४
मङ्गलबार, १८ जेठ २०७३

काठमाडौं –फुटबलर विलम घर्ती मगरकी बहिनी मनिषा मृत्युको पोस्टमार्टम रिपोर्ट आएपनि हत्या वा आत्महत्या के भन्ने बारे स्पष्ट हुन सकेको छैन । त्रिवि शिक्षण अस्पताल महाराजगंजले पोस्टमार्टमको रिपोर्ट नवलपरासी प्रहरीलाई बुझाएको छ।

स्रोतका अनुसार शिक्षण अस्पताल फोरेन्सिक विभाग प्रमुख डा हरिहर वस्तीले गरेको पोष्टमार्टममा घाँटीमा भएको प्रेसरले उनको मृत्यु भएको उल्लेख गरिएको छ भने घाँटीमा सल आकारको डाम समेत छ ।

मनिषाको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले उनका प्रेमी अशिष चौधरीलाई नियन्त्रणमा लिएको छ । १७ वर्षीया मनिषा जेठ १३ गते बिहान नवलपरासी बर्दघाट ८ भुतास्थित आफ्नै घरमा मृत भेटिएकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप