बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय

सांसदहरुबीच तालमेल नमिल्दा जनता आवासको रकम फिर्ता हुने

मङ्गलबार, १८ जेठ २०७३, १६ : ०८
मङ्गलबार, १८ जेठ २०७३

राजविराज–सप्तरीका ९ वटा गाविसमा १ सय ३० घर निर्माणका चालु आर्थिक वर्षमा संचालन गरिने भनिएको जनता आवास कार्यक्रमको रकम फिर्ता हुने भएको छ । सप्तरीबाट निर्वाचित सांसदहरु वीच तालमेल नमिल्दा नेकपा माओवादी केन्द्रका दुई जना निर्वाचित सांसदले नै कार्यक्रम सञ्चालन नगर्न धम्कि दिएपछि रकम फिर्ता हुने भएको हो । सप्तरी क्षेत्र नम्वर–६ वाट निर्वाचित नेपाली कांग्रेसका सांसद सुरेन्द्रप्रसाद यादवको संयोजकत्वमा जिल्ला स्तरीय समन्वय समिति गठन भएको थियो । समितिमा क्षेत्र नं ५ का कांग्रेसकै सांसद तेजुलाल चौधरी, क्षेत्र नं. ४ वाट निर्वाचित एमालेका सांसद ताराकान्त चौधरी लगायत सदस्य रहेपनि माओवादी केन्द्रका कुनै पनि सांसद समावेस नभएका कारण तालमेल नमिलेको हो । लामो समयसम्म समन्वय समितिको वैठक नवसेको तथा वारम्वारको आग्रह पछि जेष्ठको दोश्रो हप्ता वैठक वसेपनि नेकपा माओवादी केन्द्रका क्षेत्र नम्वर १ का सांसद मानपुर चौधरी र क्षेत्र नं. २ का अशोक कुमार मण्डलले आफुहरुको क्षेत्रमा समेत जनता आवास कार्यक्रम सञ्चालन हुनु पर्ने भन्दै विरोध सहित धम्कि दिएको वैठकका एक जना सहभागिले वताए । एता, संयोजक यादवले समेत वैठकमा वोलाईएका माओवादीतर्फका सांसदले धम्कि दिएको वताए । अर्कोतर्फ, माओवादीका सांसद मण्डलले आफुहरुको क्षेत्रमा पनि विपन्न दलितहरु रहेको कारण कम्तिमा १०÷१० घर निर्माणका लागि आग्रह गर्दा समेत संयोजक यादवले नमानेपछि विरोध जनाएको वताए । समितिका सदस्य सचिव एवम् शहरी विकास तथा भवन निर्माण विभागका प्रमुख मिलन आचार्यले सांसदहरुको विचमै तालमेल नमिलेको र धम्कि समेत आएपछि कार्यक्रम संचालन गर्न सहज नरहेको जिकिर गरे । उनका अनुसार चालु आर्थिक वर्षमा सप्तरीको मधुपट्टि, हरिपुर, मलहनमा, बोदे वरसाईन, वनौली गाविसमा १०–१०, कविलाशामा ४०, फुलकाही गाविसमा २० तथा शम्भुनाथ नगरपालिकामा १० गरि कुल १ सय ३० घर निर्माणका लागि छनौट भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप