बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय

इटहरी वितरण केन्द्र नेपालकै उत्कृष्ट

मङ्गलबार, १८ जेठ २०७३, १६ : १२
मङ्गलबार, १८ जेठ २०७३

इटहरी – देशै भरि चौतर्फि विद्युत संकट निम्तिरहेको बेला इटहरी बितरण केन्द्रले चुहावट नियन्त्रण र राजस्व संकलनमा तीब्रता दिएको छ । नेपालमै पहिलो पटक उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै प्राधिकरणले सुचिकृत गरेको यस इटहरी केन्द्रले यो वर्ष अधिकमात्रामा राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । कार्यलय प्रमुख सन्दिप श्रेष्ठ आएसगै महशुल बक्यौता उठाउन ताकेता गरेको केन्द्रले यो आर्थिक वर्ष शुरु देखि जेठ १७ गते सम्ममा ९ सय ३५ जना ग्राहकको महशुल नतिरेका कारण लाइन काटिदिएको छ । जसबाट जरिवाना स्वरुप ९७ लाख ८५ हजार ६ सय ५३ रुपैंया राजस्व उठेको छ । त्यस्तै चुहावट नियन्त्रण गर्न थालिएको अभियानमा हुकिङ गरि विद्युत चोर्ने २७ जनालाई गरिएको कारबाहिबाट ५ लाख ३५ हजार ६ सय २७.८० रुपैंया राजस्व संकलन गरिएको छ । त्यसै गरी कालोसुचिमा परेका ग्राहकबाट समेत १० लाख ७८ हजार ५ सय २.३३ रपैयां संकलन भएको श्रेष्ठले बताएका छन् । कार्यलयको कार्यसम्पादनलाई चुस्त तुरुस्त राखेको केन्द्रले ग्राहकका गुनासालाई २४ घण्टा भित्र सुन्वाई गर्ने टीम तयार परेको हो । सेवाग्राही समेत पहिलेको भन्दा अहिले कार्यलयको सेवा छिटो र छरितो भएको भन्दै खुसी व्यक्त गर्न थालेका छन् । विद्युतको ठुलो मात्रामा खपत हुने इटहरी केन्द्र क्षेत्र भित्रका औद्योगिक करिडोरमा अनुुमती भन्दा बढि मात्रामा विद्युत उपभोग गरेर राजस्व छल्ने २ सय भन्दा बढि व्यवसायिलाई केन्द्रले कारवाहि गरिसकेको छ । केन्द्रका सुपरभाइजर रितेश कुमार झाका अनुसार उक्त व्यवसायिका फर्म तथा उद्योगलाई धमाधम कानुनको दायरामा ल्याएसँगै इटहरीको विद्युत प्रवाहामा एकाएक जादुमय नतिजा आएको हो । औद्योगिक क्षेत्रको निरनतर अनुगमले गर्दा अहिले इटहरीमा लोडसेडिङको सुचि भन्दा बढि मात्रामा विद्युत आउने गरेको छ । जसका कारण पनि उपभोक्ताबाट कार्यलयले स्वायावासी पाउने गरेको र राजस्व संकलनमा भारि वृद्धि भएको झा बताउँछन् । इटहरी क्षेत्रमा देखिएको भोल्टेज समस्यालाई निधान गर्न यो आर्थिक वर्षमा १५ ओटा नयाँ ट्रान्समिटर जडान गरिएको छ भने खनारमा रहेको सव स्टेशनमा क्यापासिटर ब्याँक जडान गरिएको छ । केन्द्रले महशुल विक्रिवापत चैत सम्ममा ४९ करोड २८ लाख १२ हजार ८ सय ५०.१८ रुपैंया संकलन गरेको छ । यो विद्युत विक्रि अनुपातमा करिव ९९ प्रतिशत रहेको तथ्याँकले देखाउँछ । यदि सडक वत्तिको समेत सम्बिन्धित निकायबाट महशुल भुक्तानि हुने हो भने इटहरी केन्द्रले शतप्रतिशत महशुल सँकलन गर्ने देखिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप