बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय

एनआरएनको क्षेत्रिय भेला दोहामा हुँदै

मङ्गलबार, १८ जेठ २०७३, १६ : ४४
मङ्गलबार, १८ जेठ २०७३
 

दोहा- गैरआवासिय नेपाली सँघ मध्यपूर्व क्षेत्रको पाँचौ भेला आगामी जुलाई २१ र २२ मा कतारको राजधानी दोहामा हुने भएको छ ।

आईसीसीको क्षेत्रिय विभाजन अनुसार मध्यपूर्वमा कतार, युएई, बहराईन, ओमन, साउदी अरेविया, कुवेत, ईराक, लेवनान, ईजरायल र यमन पर्दछन ।

“पूर्ण सामाजिक सुरक्षा सहितको सम्मानित बैदेशिक रोजगार, समुन्नत राष्ट्र निर्माणको आधार” भन्ने मुल नाराका साथ हुन लागेको क्षेत्रिय भेला सम्पन्न गर्न यस क्षेत्रका आईसीसी प्रतिनिधी र पदाधिकारीहरु सम्मिलित ३५ सदस्य आयोजक समिती डिबी क्षेत्रीको संयोजकत्वमा निर्माण भएको छ ।

मध्यपुर्व क्षेत्रका नेपालीहरुका क्षेत्रिय मुद्धाहरु, यस क्षेत्रबाट अभियान र राष्ट्रको लागि दिन सकिने योगदानका बिषयमा केन्द्रित रहदै यस अघि ४ वटा भेलाहरु विभिन्न मुलुकहरुमा सम्पन्न भइसकेका छन् । पछिल्लो भेला एनसीसी बहराइनको आतिथ्यतामा ९ र १० मे २०१४ मा बहराइनको मनामामा १२ बुँदे बहराईन घोषणा पत्र जारी गर्दै सम्पन्न भएको थियो ।

राष्ट्रमा सर्वाधिक रेमिट्यान्स पठाएर अर्थतन्त्रलाई टेवा दिइरहेको यस क्षेत्रमा कार्यरत गैरआवासीय नेपालीहरुका कठिनाई, तिनको समाधानका उपायहरु, यस क्षेत्रमा राष्ट्रको कला संस्कृति, पर्यटन र व्यापारको सम्भावनाका बिषयमा यो बैठक केन्द्रित हुने जारी विज्ञप्तिमा जनाईएको छ  ।

एनसीसी कतारको आतिथ्यतामा मध्यपूर्वको क्षेत्रिय भेला दोहामा गर्ने प्रस्तावलाई अन्तराष्ट्रिय समन्वय परिषदको ५३ बैठकले स्वीकृति दिएको थियो ।

मध्यपूर्वमा हुने सवै भन्दा ठुलो नेपालीहरुको प्रतिनिधी मुलक उक्त भेलामा नेपाल सरकारका प्रतिनिधीहरु , अन्तराष्ट्रिय समन्वय परिषदका पदाधिकारीहरु लगाएत संसार भर छरिएर रहेका नेपालीहरुको उपस्थिती रहने बताईन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप