बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय

गीराञ्चौर एकीकृत बस्ती बनाउन जुट्यो एक करोड

मङ्गलबार, १८ जेठ २०७३, १६ : ५०
मङ्गलबार, १८ जेठ २०७३

काठमाडौं–धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण सुरु गरेको सिन्धुपाल्चोक गीराञ्चौर एकिकृत बस्तीका लागि एक करोड बढी सहयोग संकलन भएको छ । बैंक खातामा एक लाख ७४ हजार रुपैँया रहँदा निर्माण घोषणा गरिएको गिरान्चौर एकिकृत बस्तीका लागि देश तथा विदेशबाट मंगलबार सम्म १ करोड १६ लाख रकम जम्मा भएको छ । चार करोड भन्दा बढी अनुमानित लागत रहेको यस परियोजनाका लागि अहिलेसम्म सबै भन्दा बढी सिटी एक्सप्रेस मनी ट्रान्सफरले १५ लाख ५५ हजार ५ सय ५५ रुपैँया सहयोग गरेको छ । यस्तै, अनील दुलाल, भुपेन्द्र न्यौपाने, बसन्त अधिकारीको टोलीले अमेरिकाको अस्टीन राज्यबाट १० लाख ८६ हजार सहयोग प्राप्त भएको छ । नेप्लीज इन ग्राज, अस्ट्रियाबाट अमृत पौडेललगायतको समूहले ९ लाख ९३ हजार ५ सय ९३ रुपैँया पठाएको छ । बोस्टन अमेरिकाको तामाङ समाजले ९ लाख ९७ हजार, नुवाकोटका देण्डु लामाले अमेरिकाबाट ६ लाख ६ हजार ६ सय ६ रुपैँया, अष्ट्रेलीयाको जय नेपाल फाउण्डेशनमार्फत ३ लाख २० हजार, झापाका कृष्ण बहादुर खत्री परिवारले जापानबाट ५ लाख ५ सय ५ रुपैँया धुर्मुस सुन्तली फाउण्डेशनलाई सहयोग गरेका छन् । यी सँगै अन्य २ सय भन्दा बढी सहयोगी व्यक्ति तथा संस्थाबाट गिरान्चौर एकिकृत बस्ती निर्माणका लागि यो सहयोग जुटेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप