मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

पोखरामा भारतीय पर्यटक खचाखच

मङ्गलबार, १८ जेठ २०७३, १८ : ०३
मङ्गलबार, १८ जेठ २०७३
[caption id="attachment_54014" align="alignleft" width="840"] File Photo[/caption]

पोखरा–पोखरा भ्रमणमा आउने भारतीय पर्यटकको संख्यामा उल्लेख्य वृद्धि हुन थालेकोे छ । यतिबेला पोखराको पातले छाँगा, तालवाराही मन्दिर, महेन्द्र गुफा र सराङकोट क्षेत्रमा भारतीय पर्यटकको संख्या अत्याधिक बढेको हो ।

उत्तर भारतका गोरखपुर, लखनउ, कानपुर र वाराणासीलगायतका शहरबाट पोखरामा भारतीय पर्यटकहरु आएको यहाँका पर्यटन व्यवसायीले दावी गरेका छन् ।

गर्मी छल्न र घुमफिरका लागि पोखरा आउने भारतीय पर्यटकमध्ये धेरैजसो मुक्तिनाथ दर्शनका लागि समेत जाने गरेका छन् । यहाँ दैनिक १ हजारको हाराहारीमा भारतीय पर्यटक भित्रिने गरेको व्यवसायीहरुको दावी छ । भारतीय पर्यटकको तुलनामा अन्य देशका पर्यटकको संख्या भने कम रहेको पर्यटन व्यवसायीले बताएका छन् ।

पोखराका पर्यटन व्यवसायी टीकाराम सापकोटाले भारतीय पर्यटकहरु नेपाल भित्रिने क्रम बढ्दो रहेको बताए । पोखरा सबै हिसावले राम्रो भएकोले यहाँ भारतीय पर्यटकको आगमन वढेको उनको भनाई छ ।

खानेकुरादेखि जिरा मसला र चुल्हो नै भारतबाट लिएर आउने भारतीय पर्यटकबाट व्यवसायीले धेरै आम्दानी गर्न नसकेको गुनासो समेत उनले गरे । पोखराका पुरै साइड सिन स्थलहरु पर्यटकलाई घुमाउने व्यवस्था व्यवस्थित रुपमा संचालन गर्नुपर्ने र आबश्यक टुर गाइडहरु पनि उत्पादन गर्न जरुरी भएको यहाँका पर्यटन व्यवसायीको भनाई छ ।

पोखराबाट उत्तर भारतका शहरहरु नजिक रहेका छन् । भारतमा अहिले निकै गर्मी वढेको वताईन्छ । त्यो गर्मी छल्ने उपयुक्त स्थल पोखरा रहेको तथा प्राकृतिक सुन्दरता हेर्दै सस्तो दरमा नै पोखरामा बसोबास र घुमघान गर्न सकिने भएका कारण पनि पोखराप्रति भारतीय पर्यटक आकर्षित भएको व्यवसायीको बुझाई छ ।

व्यवसायीले भारतीय पर्यटकका लागि हनिमुन प्याकेज, शैक्षिक भ्रमण प्याकेज, समर प्याकेज र धार्मिक यात्रा प्याकेज जस्ता छनौटहरु पनि विक्री गरिरहेका छन् । गत वर्ष भूकम्पले देश थला परेपनि यो वर्ष भने देशमा भारतीय पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको पर्यटन व्यवसायी वासु त्रिपाठीले वताए । गत वर्षको तुलनमा यो वर्ष भारतीय पर्यटकको संख्यामा केही वृद्धि भएको वताए ।

नेपाल भ्रमणमा आउने कूल पर्यटक मध्ये सामान्यतया एक तिहाई संख्या भारतीयको हुने गरेको छ ।

पोखरा भ्रमणमा कति भारतीय पर्यटक वार्षिक रुपमा घुम्न आउँछन् भन्ने कुनै तथ्यांक छैन । पछिल्ला केही वर्ष यता पर्यटन कार्यालय पोखराले समेत यहाँ घुम्न आउने पर्यटक आगमको तथ्यांक राख्ने गरेका छैन । पोखरामा ठूला पाँचतारे २ वटा र साना गरी ५ सय भन्दा वढी होटलहरु रहेका छन् । यहाँका होटलमा १८ हजार वेड रहेको पर्यटन व्यवसायीको दावी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप