बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय

अरनिको राजमार्ग अवरुद्ध

मङ्गलबार, १८ जेठ २०७३, २१ : ४८
मङ्गलबार, १८ जेठ २०७३
बनेपा– पाँचखालमा आज एक बालकको डुबेर मृत्यु भएको छ । पाँचखाल नपा–६ स्थित झिगु खोलामा पौडी खेल्न गएका ११ वर्षीय आशिष काफ्लेको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ । यसैबीच बनेपामा आज साँझ परेको भीषण वर्षाका कारण अरनिको राजमार्ग अवरुद्ध भएको छ । बनेपा–५ स्थित पानीको वहाव बढी भएका कारण केही घर समेत डुबानमा परेको ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुकदेव खनालले जानकारी दिए । । झन्डै डेढ घन्टादेखि सडक अवरुद्ध हुँदा काठमाडौँबाट बनेपा आउने र धुलिखेलबाट काठमाडौँ जाने कुनै सवारी साधन सञ्चालन भएको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप