बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय

नेपालगन्जमा भारतीय पर्यटकको सङ्ख्या ह्वात्तै बढ्यो

मङ्गलबार, १८ जेठ २०७३, २१ : ५१
मङ्गलबार, १८ जेठ २०७३
नेपालगन्ज– तिब्बतमा रहेको हिन्दू धर्मावलम्बीको पवित्र तीर्थस्थल कैलाश मानसरोवर दर्शन गर्न नेपाल हुँदै तिब्बत जाने भारतीय पर्यटकको सङ्ख्या यस वर्ष नेपालगन्जमा बढ्ने अनुमान गरिएको छ । यस वर्ष कैलाश मानसरोवर जानका लागि तिब्बततर्पmको बाटो नखुलेकाले नेपालगन्ज हुँदै त्यसतर्पm जाने भारतीय पर्यटकको चाप अहिले नेपालगन्जमा ह्वात्तै बढेको पाइन्छ । नेपालगन्जका प्रायः सबै होटल अहिले कैलाश मानसरोवर जाने भारतीय पर्यटकले भरिभराउ छन् । यहाँका पर्यटन व्यवसायी प्रशान्त शाहको भनाइ छ, ‘गत वर्षभन्दा यस वर्ष तीनगुना पर्यटक बढ्ने अनुमान गरिएको छ ।’ भारतीय पर्यटकको सङ्ख्या बढ्दै गएपछि यहाँका स्तरीय होटलमा सहजै कोठा पाउन पर्यटकलाई हम्मेहम्मेसमेत परेको छ । “हामी २० जनाको सङ्ख्यामा मानसरोवर जान आएका छौँ, तर स्तरीय होटल पाउन धेरै गाह्रो भएको छ”, एक भारतीय पर्यटको गुनासो थियो । त्यसैगरी, नेपालगन्ज विमानस्थलमा पनि उडान भर्न भारतीय पर्यटकको उत्तिकै चाप छ । नेपालगन्ज हुँदै हुम्लाको सीमकोटबाट तिब्बती सीमा हिल्सासम्म तीर्थयात्रु ओसार्न सिम्रिक, मनाङ र फिस्टेलका हेलिकप्टरलाई अहिले भ्याई–नभ्याई छ । त्यसैगरी, नेपाल एअरलाइन्स, तारा, गोमा, सिम्रिक, मकालु र एअर काष्ठमण्डपले पनि नेपालगन्ज–सीमकोट नियमित उडान भरिरहेका छन् । भारतका चेन्नई, गुजरात, आन्ध्रप्रदेश, राजस्थान, कर्नाटक र तामिलनाडुका धेरै पर्यटक कैलाश मानसरोवर जानका लागि नेपालगन्ज आएको पाइन्छ । पछिल्ला केही वर्षको तथ्याङ्कअनुसार एक वर्षमा सरदर पाँच हजार भारतीय पर्यटक नेपालगन्ज हुँदै मानसरोवर गएका छन् । तर यो वर्ष सो सङ्ख्या बढेर करिब १५ हजार पुग्ने अनुमान गरिएको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप