बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय

आशिषको पोलिग्राफ रिपोर्ट प्रहरीले गोप्य राख्यो

मङ्गलबार, १८ जेठ २०७३, २१ : ५४
मङ्गलबार, १८ जेठ २०७३

नवलपरासी– राष्ट्रिय फुटबल खेलाडी विमल घर्तीमगरको सत्र वर्षीया बहिनी मनिषाको हत्या भएको आशङ्कामा पक्राउ परेका मनिषाका प्रेमी रुद्रनारायण चौधरी –आशिष)को आज पोलिग्राफ परीक्षण गरीएको छ ।

पश्चिमाञ्चल क्षेत्रीय प्रहरी कार्यालय पोखराबाट आएको विज्ञ टोलीले आशिषको पोलिग्राफ परीक्षण गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद चौधरीले बताए ।

आशिषको पोलिग्राफ परीक्षण गरिएको भएपनि परीक्षण रिपोर्ट गोप्य राखिएको छ । यसबारे जानकारी दिन बुधबार बिहान ९ बजे जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरिने जनाइएको छ ।

पोलिग्राफ परीक्षण प्रविधिअन्तर्गत पोलिग्राफ मेसिनले शरीरका अङ्गको प्रतिक्रियाका आधारमा झुटो बोलेको वा साँचो बोलेको पत्ता लगाउन मद्दत पुग्दछ । पोलिग्राफको रिर्पोट आउन बुधबार आउछ । प्रहरी उपरीक्षक चौधरीले भने, “पोलिग्राफको रिपोट आएपछि घटनाबारे थप प्रष्ट हुने सहयोग पुग्नेछ ।”

यसैगरी काठमाडाँस्थित त्रिवि शिक्षण अस्पतालले मनिषाको शवको परीक्षण रिपोर्ट आज प्रहरीलाई बुझाएको छ । जिल्ला प्रहरी प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद चौधरीले भने, “शव परीक्षणको रिपोर्ट प्राप्त भएको छ, बुधबार पत्रकार सम्मेलनमा आशिषलाई गरिएको पोलिग्राफ र मनिषाको शवको परीक्षण रिपोर्टबारे जानकारी दिइनेछ ।”

मनिषा नवलपरासीको बर्दघाट–८ पन्चनगर भानुनगर गाउँस्थित आफ्नै घरमा गत बिहीबार बिहान मृत फेला परेकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप