बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय

मनिषा मत्यु प्रकरण : प्रहरीले पोस्टमार्टम र पोलिग्राफ रिपोर्ट आज सार्वजनिक गर्दै

बुधबार, १९ जेठ २०७३, ०९ : ०८
बुधबार, १९ जेठ २०७३

काठमाडौं – राष्ट्रिय फुटबल खेलाडी विमल घर्तीमगरको १७ वर्षीया बहिनीको मृत्यु प्रकरणबारे प्रहरीले आज पत्रकारसम्मेलन गरेर रिपोर्ट सार्वजनिक गर्दैछ । केही बेरमा जिल्ला प्रहरी कार्यालय नवलपरासीमा पत्रकार सम्मलेन हुनेछ ।

मनिषाको हत्या भएको आशङ्कामा पक्राउ परेका मनिषाका प्रेमी रुद्रनारायण चौधरी (आशिष)को मंगलबार पोलिग्राफ परीक्षण गरीएको थियो ।

पश्चिमाञ्चल क्षेत्रीय प्रहरी कार्यालय पोखराबाट आएको विज्ञ टोलीले आशिषको पोलिग्राफ परीक्षण गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद चौधरीले बताए ।

आशिषको पोलिग्राफ परीक्षण गरिएको भएपनि परीक्षण रिपोर्ट गोप्य राखिएको छ ।

यसबारे जानकारी दिन बुधबार बिहान ९ बजे जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरिने जनाइएको छ ।

प्रहरी उपरीक्षक चौधरीले भने, “पोलिग्राफको रिपोट आएपछि घटनाबारे थप प्रष्ट हुने सहयोग पुग्नेछ ।”

यसैगरी काठमाडाँस्थित त्रिवि शिक्षण अस्पतालले मनिषाको शवको परीक्षण रिपोर्ट पनि मंगलबार प्रहरीलाई बुझाएको छ । जिल्ला प्रहरी प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद चौधरीले भने, “शव परीक्षणको रिपोर्ट प्राप्त भएको छ, बुधबार पत्रकार सम्मेलनमा आशिषलाई गरिएको पोलिग्राफ र मनिषाको शवको परीक्षण रिपोर्टबारे जानकारी दिइनेछ ।”

मनिषा नवलपरासीको बर्दघाट–८ पन्चनगर भानुनगर गाउँस्थित आफ्नै घरमा गत बिहीबार बिहान मृत फेला परेकी थिइन् । मनिषाको हत्या भएको आशङ्कामा प्रहरीले मनिषाका प्रेमी आशिष चौधरीसहित अन्य एकजनालाई पनि नियन्त्रणमा लिएको छ । यद्यपी अन्य एक जनाको नाम अहिलेसम्म पनि प्रहरीले सार्वजनिक गरेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप