बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय

ट्रेड युनियनको चुनाव आज, निजामती कर्मचारीको बिदा

बुधबार, १९ जेठ २०७३, ०८ : २८
बुधबार, १९ जेठ २०७३

काठमाडौं – निजामति कर्मचारीको आधिकारिक ट्रेड युनियनको बुधबार निर्वाचन हुँदैछ ।

नेपाल निजामती कर्मचारी सङ्गठन, नेपाल निजामती कर्मचारी युनियन (सङ्घ), नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामती, राष्ट्रिय स्वतन्त्र कर्मचारी मिलन केन्द्र, नेपाल मधेसी निजामती कर्मचारी मञ्च र राष्ट्रिय कर्मचारी सङ्गठनले निर्वाचनमा उम्मेदवारी दिएका छन् ।

मतदानका लागि सरकारले बुधवार निजामती कर्मचारीका लागि विदा घोषणा गरेको छ । संसद, स्वास्थ्य लगायतका अन्य सेवामा भने विदा हुने छैन ।

निर्वाचनका लागि ७५ जिल्ला र ४२ विभाग गरी ११७ स्थानमा १२९ मतदान केन्द्र रहेका छन् । निर्वाचनमा एक हजार ६०३ कर्मचारी र एक हजार २१५ सुरक्षाकर्मी खटिनेछन् । कार्यालयको प्रमुख नरहेका शाखा अधिकृत र सो भन्दा तल्लो तहका ५५ हजार ३२९ निजामती कर्मचारीले निर्वाचनमा भाग लिँदैछन् । निर्वाचन आज अपराह्न ५ बजेसम्म चल्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप