बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

बहिनीको मृत्युपछि बिमलको गुनासो , ‘मेरो घरमा यस्तो हुँदा सरकारले केहि गरेन’

बुधबार, १९ जेठ २०७३, १२ : १४
बुधबार, १९ जेठ २०७३

काठमाडौं, जेठ १९– बुटबलर बिमल घर्ती मगरले आफ्नो बहिनी मनिषाको हत्या नै भएको दाबी गरेका छन् ।

मनिषा मृत्युको पोष्टमार्टम रिपोर्ट झुण्डिएको भन्ने आइसकेको अवस्थामा बिमलले आफ्नो बहिनीको हत्या नै भएको दाबी गरेका हुन् । यस्तै मनिषा हत्याको आशंकामा प्रहरी नियन्त्रणमा रहेका आशिष चौधरीमाथि गरिएको पोलिग्राफ परीक्षणमा समेत आशिष संलग्न नभएको प्रारम्भिक रिपोर्ट आएको थियो ।

विमलले सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन्, ‘मैले देशको लागि कति गरेँ तर मेरो घरमा यस्तो हुँदा सरकारले केहि गरेन भने यो देशको लागि गरेर के काम ?’

उनले बहिनीको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै यसमा सबैको साथ आवश्यक रहेको पनि उनले बताएका छन् ।

उनले आफू सानो छँदा बाबु गुमाएको र अहिले फेरि बहिनी गुमाउनु पर्दा पीकै पीडा बोध भएको पनि बताएका छन् ।

मनिषा मत्यु प्रकरण : पोलिग्राफ परीक्षणमा आशिषले नढाँटेको भेटियो

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप