मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

साइक्लिङ टुरिजमको नयाँ गन्तब्य खोज्दै युवाहरु

बुधबार, १९ जेठ २०७३, १२ : ३२
बुधबार, १९ जेठ २०७३

इटहरी– सुनसरी आसपासका क्षेत्रमा साइक्लिङ टुरिजमको विकासका लागि सक्रिय भएर लागेका युवाहरुले थप नयाँ गन्तव्य पत्ता लागाउँदै यस क्षेत्र तर्फ आन्तरिक पर्यटकलाई आकर्षित गर्न थालेका छन् । सुनसरीका विभिन्न स्थानका युवाहरु साइकल पर्यटनको प्रचार र विकासमा जोडतोडका साथ लागेका हुन् । साइकलमा मेची माहाकालि यात्रा गरिसकेका इटहरीका कमल श्रेष्ठले पूर्वी नेपाल साईक्लिङका लागि उपयुक्त स्थान भएको बताए । उनले स्वास्थ्यको लागि साईक्लिङ लाभदायक समेत भएको हुनाले सबैले यसलाई अपनाउनु पर्ने बताए । त्यस्तै अर्का साइक्लिस्ट युवराज कार्कीले मानिसको भागदौडपुर्ण जीवनमा स्वास्थ्य प्रति ध्यान नगएको हुँदा यसको प्रयोग आवश्यक रहेको औँँल्याए । उनले साइकलको माध्यमबाट स्वास्थ्यको सुधार सँगै पर्यटन विकासमा समेत टेवा पु¥याउने हुँदा आफ्नो टिमले थप नयाँ स्थान पहिचान गर्न लागेको बताए । सुनसरीको कोशी टप्पु बन्य जन्तु आरक्षण आशपास, चारकोशे झाडि, तालतलैया, हसिना सिमसार क्षेत्र, भवानीपुर जँगल, गोकुल रिसोर्ट, मोरङको चारकोशे झाडि र वेतना सिमसार क्षेत्र, भेडेटार राजारानी लगाएतका पर्यटकिय स्थललाई साइक्लिङ टुरिजमको उपयुक्त गन्तव्य स्थलको रुपमा लिइएको छ । धरानका कृष्ण केसिले नेपालका विभिन्न क्षेत्रका पर्यटकलाई पुर्व भित्र्याइ साइक्लिङ टुरिजमको विषयमा सम्भावना प्रस्तुत गर्न सके धेरै फाइदा लिन सकिने बताए । उनले धरानकै बुढासुब्बा, दन्तकालि, पिडेश्वर, विष्णुपादुकाको धार्मिक क्षेत्र, गोरखा स्मृती पार्क, सुनसरीको बराहक्षेत्र लगाएत साइकल पर्यटक लोभिने स्थान रहेको बताए । उनिहरुले सुदुरपुर्वको लागि साईकल रुट समेत पहिचान गरिसकेका छन् । धनकुटाको भेडेटारबाट राजारानी, वुधवारे, राँके बजार बाट इलाम बजार हुँदै माइपोखरी र सन्दकपुर सम्मको यात्राको प्याकेजका लागि ५ दिन लाग्ने रुट तय भइसकेको छ । यो रुट हुँदै यात्रा गरे पुर्वका अधिकाश सुन्दर स्थलको अवलोकन गर्न सकिन्छ भने पुवी नेपाल र भारतका अधिकाँश हिमालय पर्वतको अवलोकन गर्न सकिने छ । पश्चिम दार्चुला देखि पुर्वको इलाम सम्मका लागि ४५ दिन लाग्ने खर्चिलो रुट यस अघि नै तय भइसकेको छ । तर लामो समय भन्दा छोटो दुरीका लागि यात्रि बढि लाभान्वित हुने हुँदा पुर्वको भेडेटार–इलाम रुट र सुनसरी मोरङ आसपासका प्राकृतीक तथा सांस्कृतीक सम्पदाको थप प्रचार प्रसार गर्न सके पुर्वका असंख्य साईक्लिङ पर्यटक भित्र्याउन सकिने सम्भावना देखिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप