बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

कर्मचारीको निर्वाचनमा नेताको दौडधूप

बुधबार, १९ जेठ २०७३, १३ : २२
बुधबार, १९ जेठ २०७३

म्याग्दी – निजामती कर्मचारीको आधिकारिक टे«ड युनियनको निर्वाचन आज बिहान ९ बजेदेखि सुरु भएको छ । देशभर साँझ ५ बजेसम्म मतदान जारी रहने जनाइएको छ ।

निर्वाचनका लागि सरकारले आज निजामती कर्मचारीहरुलाई बिदा दिएको छ । नेपालको इतिहासमा पहिलोपटक हुन लागेको आधिकारी टे«ड युनियन निर्वाचनमा छ वटा कर्मचारी संघ संगठनले भाग लिएका छन् ।

म्याग्दीका कर्मचारीहरुका लागि जिविस सभाहलमा मतदान गर्ने व्यवस्था मिलाइएको छ । ३५० जना निजामती कर्मचारीहरु निर्वाचनमा मतदाता रहेका जिल्ला निर्वाचन अधिकृत खेमप्रसाद पाठकले जानकारी दिए ।

सरकारले निजामती कर्मचारीहरुको टे«ड युनियनलाई व्यवस्थित गर्दै उनिहरुको हक अधिकारका विषयमा सामुहिक सौदावाजी गर्ने वातावरण बनाउन आधीकारीक ट्रेड युनियन निर्वाचन गरेको हो । निर्वाचनमा कार्यालय प्रमुख, संस्थान, संसद र स्वास्थ्य सेवा बाहेकका कर्मचारीले मतदान गर्न पाउने ब्यवस्था छ ।

म्याग्दीमा नेपाली काँग्रेस निकट नेपाल निजामती कर्मचारी युनियन संघ, एमाले निकट नेपाल निजामती कर्मचारी संगठन र माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय कर्मचारी संगठन प्रतिस्पर्धी देखिएका छन् ।

आफ्नो पार्टी निकट कर्मचारी संगठनलाई जिताउन काँग्रेस, एमाले र माओवादीका नेताहरु पनि खटिएका छन् । नेताहरुले कर्मचारीको चुनावलाई आफ्नो दलको प्रतिष्ठाको रुपमा लिएका छन् । मतदान स्थल बाहीर दलका नेताहरुको बाक्लै उपस्थिति रहेको छ ।

निर्वाचनमा दश प्रतिशत भन्दा कम मत ल्याउने संगठनले आधीकारीक टे«ड युनियनको मान्यता पाउने छैनन् । संगठनले मत पाएको आधारमा पदाधीकारी र कार्यसमिति सदस्यहरुको पद तथा संख्या बिभाजन हुने ब्यवस्था रहेको छ । समानुपातीक प्रणालीमा निर्वाचन गरिएको हो ।

मतदान सकिएपछि बेनीमा मतगणना गरेर केन्द्रमा परिणाम पठाइने निर्वाचन अधिकृत पाठकले बताए । यसैबीच माओवादी निकट कर्मचारी संगठनले अन्य संगठनले मतदातालाई बन्धक बनाएको र स्वतन्त्रपूर्वक मतदान गर्ने अधिकारबाट बञ्चित गरेको भन्दै प्रेस विज्ञप्ती मार्फत आपत्ती जनाएको छ ।

निर्वाचनलाई प्रभावित बनाउने हिसाबले कोठामा थुनेर बन्धक बनाउने जस्ता गतिबिधि भएको भन्दै नेपाल राष्ट्रिय कर्मचारी संगठन म्याग्दीका अध्यक्ष दिपकलाल पाल र सचिव सुभाष रेग्मीले विज्ञप्ती मार्फत ध्यानाकर्षण भएको जनाएका हुन् । निर्वाचनमा मतदान गर्न गाउँबाट आएका कर्मचारीहरुलाई नेपाल निजामती कर्मचारी युनियन संघले होटल शिखर, निजामती कर्मचारी संगठनले होटल डल्फीन र राष्ट्रिय कर्मचारी संगठन निजामतीले एशियन होटलमा खानेबस्ने व्यवस्था गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप