बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

१० खर्बको बजेटलाई पूर्वअर्थमन्त्री महतले १० अर्बको भनेपछि... (अडियोसहित)

बुधबार, १९ जेठ २०७३, १३ : ५८
बुधबार, १९ जेठ २०७३

काठमाडौं–सरकारले ल्याएको बजेट अस्वभाविक र निकै ठूलो आकारको भन्दै प्रमुख बिपक्षी दल काँग्रेसले संसदमा चर्काे बिरोध गर्यो । पूर्व अर्थमन्त्री तथा गत वर्ष विश्वकै उत्कृष्ट अर्थमन्त्री घोषित भएका रामशरण महतले योजना आयोगको सिलिङ नाघेर बजेट ल्याइएको भन्दै यसले अर्थतन्त्र डामाडोल हुने तर्क गरे ।

तर चर्किएर बिरोध गरिरहँदा नेता महतले जिब्रो चिप्लिएको भेउ पाएनन् र साढे १० खर्बको बजेटलाई साढे १० अर्ब भने ।

तर नेता महतको भनाइलाई कोही पनि सांसदले ध्यान दिएको पाइएन । त्यसलाई पछि न महतले सच्च्याए न त अरु सांसदले नै खण्डन गरे । त्यसैले एक पटक मात्रै होइन महतले बारम्बार बजेटको आकार ठूलो भयो भन्दै साढे १० अर्ब भनिरहे । वजेटको विरोध गर्ने क्रममा उनले कूल ग्राहस्थ उत्पादनको पचास प्रतिशत साढे १० अर्ब भन्दै यो अस्वभाविक भएको तर्क समेत गरे ।

यसअघि पनि नेता महतले अंग्रेजी बर्ष सन् २०१६ को पहिलो दिन नयाँ बर्ष २०७३ सालको शुभकामना भन्दै ट्विट गरेका थिए । तर, पनि उनले सो ट्वीट डिलेट गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप