बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

कर्मचारी ट्रेड युनियनको नेता छान्न निर्वाचन जारी

बुधबार, १९ जेठ २०७३, १४ : ५६
बुधबार, १९ जेठ २०७३

काठमाडौँ, जेठ १९– निजामती कर्मचारीको आधिकारिक ट्रेड  युनियनको निर्वाचन जारी छ । प्रमुख निर्वाचन अधिकृत गीताप्रसाद तिमिल्सिनाले देशभर बिहान ९ बजेदेखि निर्वाचन बेलुकी ५ बजेसम्म चल्ने जानकारी दिए ।

निर्वाचनका लागि ७५ जिल्ला र ४२ विभाग गरी ११७ स्थानमा १२९ मतदान केन्द्र रहेका छन् । निर्वाचनमा एक हजार ६०३ कर्मचारी र एक हजार २१५ सुरक्षाकर्मी खटिनेछन् । कार्यालयको प्रमुख नरहेका शाखा अधिकृत र सो भन्दा तल्लो तहका ५५ हजार ३२९ निजामती कर्मचारीले निर्वाचनमा भाग लिँदैछन् ।

नेपाल निजामती कर्मचारी सङ्गठन, नेपाल निजामती कर्मचारी युनियन सङ्घ, नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामती, राष्ट्रिय स्वतन्त्र कर्मचारी मिलन केन्द्र, नेपाल मधेसी निजामती कर्मचारी मञ्च र राष्ट्रिय कर्मचारी सङ्गठनले निर्वाचनमा उम्मेदवारी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप