बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

पूर्व राजपरिवारप्रति श्रद्धाञ्जलि

बुधबार, १९ जेठ २०७३, १५ : ००
बुधबार, १९ जेठ २०७३
ललितपुर– नेपालका तत्कालीन राजा वीरेन्द्रको परिवारप्रति विधिपूर्वक वार्षिक श्राद्ध र सामूहिक श्रद्धाञ्जलि गरिएको छ । योगी नरहरीनाथ ट्रष्ट आध्यात्मिक परिषदद्वारा आज यहाँ आयोजित श्रद्धाञ्जलि कार्यक्रममा पूर्व राजपरिवारप्रति श्रद्धाञ्जलि व्यक्त गरेका थिए । तत्कालीन राजा वीरेन्द्रसहित उनको परिवारको २०५८ जेठ १९ गते राति हत्या भएको थियो । सो अवसरमा परिषद्का अध्यक्ष शङ्कर पौडेलले २०५८ सालदेखि निरन्तर वार्षिक कार्यक्रम गर्दै आएको बताए । श्रद्धाञ्जलि अर्पण गर्न पूर्वमन्त्री दिनबन्धु अर्याल, विश्व हिन्दू महासङ्घका अध्यक्ष हेमबहादुर कार्की, विश्व हिन्दू महासङ्घ नेपाल राष्ट्रिय समितिका अध्यक्ष नीलप्रसाद भण्डारीलगायत वुद्धिजीवी, समाजसेवी, प्राध्यापक, डाक्टर, विभिन्न सङ्घ–संस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप