बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

सेनाद्वारा १३ वर्ष अगाडिको बम निस्क्रिय

बुधबार, १९ जेठ २०७३, १५ : ०३
बुधबार, १९ जेठ २०७३
दैलेख– तत्कालीन द्वन्द्वका बेला करिब १३ वर्षअघि गाडिएको बेवारिसे बम नेपाली सेनाको टोलीद्वारा आज निस्क्रिय पारिएको छ । नारायण नगरपालिका–१ पुरानो बजार बारुथथान नजिक चन्द्रप्रसाद सिग्देलको बारीमा गाडेर राखिएको बम मकै गोड्न जाने क्रममा मङ्गलबार स्थानीयले फेला परेका थिए । बम भेटिएलगत्तै स्थानीय बासिन्दाले नेपाली सेना र जिल्ला प्रहरीलाई खबर गरेका थिए । सुर्खेतको काली दल गणबाट आएको बम निस्क्रिय टोलीले आज बिहान १० बजे निस्क्रिय गरेको हो । सो बम एकासी मिमी नामक बमको सेल हुनसक्ने बताइएको छ । बम शक्तिशाली भएकाले ठूलो क्षति हुनसक्ने आशङ्का भएपछि नेपाली सेनाले नगरपालिका–८ तर्ताङमा रहेको खुला स्थानमा लगेर निस्क्रिय गरेको थियो । प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्री, समरसुर गुल्मका सेनानी सूर्यकान्त घिमिरे, प्रहरी प्रमुख वीरबहादुर वलीको समेत उपस्थिति रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप