बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

जङ्गली च्याउ खाँदा ७ मृत्यु

बुधबार, १९ जेठ २०७३, १५ : ३६
बुधबार, १९ जेठ २०७३

पाँचथर– जङ्गलबाट टिपेर ल्याएको जङ्गली खाँदा पाँचथरमा थप दुई जनाको मृत्यु भएको छ भने एक जना सिकिस्त बिरामी भएका छन् । योसहित मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ ।

मृत्यु हुनेमा जङ्गली च्याउ खाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपरचार भइरहेकी थर्पू–६ बस्ने पुष्पलता मावोको उपचारकै क्रममा गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए । फिदिम–३ जैसीडाँडा बस्ने वर्ष ३५ को वसन्त राईको पनि जङ्गली च्याउ खाएकै कारण आज बिहान ३ बजे घरमै मृत्यु भएको छ । च्याउ खाएर बिरामी हुनेमा फिदिम–३ बस्ने निषेश राई सिकिस्त बिरामी भएका छन् भने उनको अवस्था चिन्ताजनक रहेको छ ।

निजलाई जिल्ला अस्पताल पाँचथरमा उपचार हुन नसकी धरानस्थिति बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा पठाइएको छ ।

गत जेठ १० गतेदेखि हालसम्ममा सातजनाको मृत्यु भइसकेको छ भने १० जना बिरामी भएका छन् । मृत्यु हुनेमा आङ्ना–१ बस्ने वीरेन्द्र माङ्लाककी छोरी पाँच वर्षीया सोनिका, १३ वर्षीया कविता, श्रीमती पदममाया, सोही ठाउँकै मनकुमारी माङ्लाकको मृत्यु भइसकेको छ ।

यसैगरी थर्पु–६ बस्ने धनबहादुर मावोको छोरी ११ वर्षीया एलिजा मावोको पनि मृत्यु भएको छ ।

यसैगरी च्याउ खाएर बिरामी हुनेमा याङ्नाम–२ बस्ने टीकाराम मगर, राजेश मगर र गणेश मगर रहेका छन् । थर्पु–६ बस्ने वर्ष ५ वर्षीय प्रशन्त मावो र ८ वर्षीय सुरजना मावो रहेका छन् भने कुरुम्बा–४ बस्ने देवीकुमार लावती, कल्पना लावती, राजेन्द्र लावती, दीपेश लावती र दिनेश लावती बिरामी भएका थिए ।

च्याउ खाएर बिरामी हुनेको धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, झापाको आम्दा अस्पताल र विराटनगरको नोबेल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप