बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

हत्या गरेर फरार तामाङ २४ घन्टापछि पक्राउ

बुधबार, १९ जेठ २०७३, १५ : ३८
बुधबार, १९ जेठ २०७३

जिरी– दोलखाको मिर्गेमा मङ्गलबार बिहान वृद्धको घाँटी रेटी हत्या गरेर फरार भएका अम्बरबहादुर तामाङलाई आज बिहान इलाका प्रहरी कार्यालय जिरीले नियन्त्रणमा लिएको छ ।

मङ्गलबार बिहान ६ः३० मा मिर्गे गाविस–५ चिलाउनेखर्क निवासी ५४ वर्षीय केशावप्रसाद दहालको उनकै घरमा खुकुरीले घाँटी रेटी हत्या गरेर तामाङ फरार भएका थिए ।

आज बिहान स्थानीयवासीले दिएको सूचनाका आधारमा प्रहरीले जिरी नगरपालिका–७ सिक्रीको जङ्गलबाट बिहान ६ः४० मा पक्राउ गरेको इप्रका जिरीका प्रहरी निरीक्षक राजेश कार्कीले जानकारी दिए । तामाङको साथबाट हत्यामा प्रयोग भएको खुकुरीसमेत बरामद गरिएको छ । अहिले तामाङलाई इप्रका जिरीमा ल्याइएको छ । थप अनुसन्धानका लागि उनलाई आजै जिल्ला प्रहरी कार्यालय दोलखा पठाइने इप्रका जिरीले बताएको छ । तामाङ र दाहाल वरपरका छिमेकी भएको र खानेपानीमा विवाद भइराख्ने कारण उनको हत्या भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप