बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

नेप्से परिसूचक घट्यो

बुधबार, १९ जेठ २०७३, १६ : ४६
बुधबार, १९ जेठ २०७३
काठमाडौं–नेप्से परिसूचक वुधवार ८ दशमलव ५८ अंकले घटेको छ । वुधवार १ हजार ५ सय २३ दशमलव ५६ अंकमा सेयर वजार वन्द भएको छ । बीमा समुहको परिसूचक सवैभन्दा वढी १ सय दशमलव १२ अंकले घटेको छ भने जलविद्युतको ८२ दशमलव ७८, उत्पादन क्षेत्रको १४ दशमलव ५८ र वैकिङ क्षेत्रको परिसूचक वुधवार ४ दहशमलव ६३ अंकले घटेको छ । एक सय ३१ कम्पनीको २३ हजार ५१ हजार कित्ता सेयर किनवेचवाट वुधवार एक अर्व २२ करोडको कारोवार भएको छ । यो कारोवार रकम अहिल्लो दिनको तुलनामा १६ करोडले कम हो । बीमा, जलविद्युत र बैंक समूह सूचक तल ओर्लिएका कारण पुँजी वजार घटेको हो । होटल तथा फाइनान्स समूहको भने केही वढेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप