बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

वृद्धवृद्धाको अनुरोधः ‘सरकार ! भत्ता हैन एउटा राम्रो बास बनाई देउ’

बुधबार, १९ जेठ २०७३, १७ : ०७
बुधबार, १९ जेठ २०७३

भक्तपुर –भक्तपुर नगरपालिका वडा नं. १३ कोलाछेँका ८० वर्षिय विष्णुु सुुवाल र उनकी धर्म पत्नी ८० वर्षीय चन्द्रमाया सुुवाल बिगत १३ महिना अगाडी देखि त्रिपालमा दैनिकी बिताउदै आएका छन् । केहि दिन अगाडीको बजेट भाषणमा सरकारले वृद्धा भत्ता बढाएर २ हजार रुपैया पुगेको सुनेका यी वृद्ध दम्पतीलाई भत्ताको भन्दा पनि एउटा राम्रो बासस्थानको आशा खाँचो छ । पुुरानो घर भत्किएर गत बैशाख १२ गते दिउँस देखि नै दरवार क्षेत्रमा रहेको पद्यम उच्च माविको प्राङ्गणमा बस्दै आएका उनिहरु लगायत धेरै वृद्ध ÷वृद्धा एक गैर सरकारी संस्थाले दिएको त्रिपालमा बस्दै आइरहेका छन् । सुुवालले रातोपाटीसंग कुरा गर्दै भने हामीलाई ‘सन्तानले त हेला गरे, अब खै सरकारले माया गररे एउटा बास बनाइ दिए हुन्थ्यो नी’ । भत्ता बढेको सुनेर खुशी भएपनि दैनिक जसो पर्ने पानी र चल्ने हावाहुरीले वृद्ध ÷वृद्धा चिन्ताले सताउने गरेको छ । राम्रोसंग आखाँ देख्न नसक्ने विष्णुु र हात खुुट्टा दुुख्ने समस्याले भएकी चन्द्रमाया जस्तै यो शिविरमा बस्दै आएका धेरै वृद्ध वद्धाहरुलाई एक वर्ष शिविरमा बस्दा विभिन्न रोगले सताएको छ । सुवाल दम्पती बसेकै शिविरमा बस्दै आएकी ८५ वर्षीय गणेशमाया श्रेष्ठको निकोसेरामा भएको घर भुुकम्पले भत्काएपछि यहि शिविवमा आफन्तसंग त्रिपालमै बस्दै आएकी उनलाए पनि एउटै आशा छ सरकारले बास बनाइदेला भन्ने । शारिरीक रुपमा निकै अशक्त यि वद्धालाई तातो घामले शिविरमा बस्न निकै कठिन हुुन्छ । हावाहुरी र वर्षात एकै पटक हुदाँ त्रिपालबाट पानी चुहिनाले बस्न सक्ने अवस्था नभएको बताउछन् । उनीहरु जस्तै यो शिविरमा बस्ने रामभक्त खवुुर्जा र जगतमाया खवुजालाई पनि नेपाल सरकारले दिने भनेको पूूर्णनिमार्णको रकम समयमै दिए त्रिपालको बास छोडेर आफ्नै घरमा बस्ने मन छ, तर उनको यो रहर कहिले पुरा होला भन्ने अवस्था कसैलाई थाहा छैन । उनिहरु सरकारको सहयोगको आशा लिएर शिविरमा जाडो, गर्मी र हावाहुरी सहेर बसिरहेका छन् । महानगरीय प्रहरी परिसर भक्तपुरको अनुसार भक्तपुरमा १ सय २८ वृद्ध, ९५ जना वृद्ध अझै पनि परिवार र आफन्तसंग त्रिपाल मुनी बसिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप