बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

अर्जेन्टिनी चर्चित कलाकारले भने, ‘नेपाल भूकम्पपछि पनि सुरक्षित’

बुधबार, १९ जेठ २०७३, १७ : १४
बुधबार, १९ जेठ २०७३

काठमाडौं–नेपालमा गत वर्ष गएको विनाशकारी भूकम्पपछि विदेशी पर्यटकमा छाएको असुरक्षाको सन्देश हटाउन एक जना चर्चित विदेशी कलाकारले विश्वसामू सन्देश लिएर जाने वताएका छन् । अर्जेन्टिनाका प्रख्यात कलाकार जर्ज फकुन्दो अरना सहितको सगरमाथा आरोहीको टोलीले नेपाल भुकम्पपछि पनि पहिला जस्तै सुरक्षित रहेको आफूले अनुभुति लिएको र यो सन्देश विश्वसामु पु¥याउने वताएका हुन् । राजधानीमा पत्रकारहरुसंग कुरा गर्दै फकुन्दो सहितको अर्जेन्टिना, मलेसिया र क्यानडाका ९ जना आरोहीले नेपाल भुकम्पपछि पनि भुकम्पअघिको जस्तै सुरक्षित रहेको अनुभव गरेको बताए । आरोही दलका सदस्यहरुले सगरमाथाको आरोहणका क्रममा नेपालमा रह“दा नेपालको अवस्था सुरक्षित र नेपालीको मनोवल उच्च पाएको भन्दै नेपाल आउन पर्यटकले कुनै पनि सन्देह लिनु नपर्ने सन्देश विश्व सामू फैलाउने जनाए । फकुन्दोले भने ‘नेपाल सुरक्षित रहेको सन्देश विश्व सामु लैजान र आगामी दिनमा नेपालमा सहयोग गर्न म निकै इच्छुक छु’ उनले थपे ‘भुकम्पपछि पनि नेपाल यत्तिको सुरक्षित रहेछ यस्तो अवस्थामा कुनै पनि विदेशी पर्यटक नेपाल आउन असजिलो मान्नु पर्दैन, म यो सन्देश विश्वलाई दिन चाहन्छु ।’ ११ पटकसम्म सगरमाथाको सफल आरोहण गरेका नेपाली आरोहण गाईड टेण्डी शेर्पाको नेतृत्वमा ९ जना विदेशी आरोही र ९ जना नेपाली सहयोगी शेर्पाको टोलिले गत २३ मे मा सगरमाथाको सफल आरोहण गरेको थियो । आरोहणका नेतृत्व गरेका शेर्पाले भने ‘सामान्यतया आरोहीले सगरमाथाको आरोहणपछि सफलतामा रम्ने गरेको भए पनि अहिलेको आरोहण दलका सदस्यहरुले नेपालको बारेमा विश्वमा सुरक्षित रहेको सन्देश लैजान्छौ भनेर निकै ठुलो उत्साह देखाएका छन् ।’ उनको नेतृत्वमा आरोहण दलमा २२ वर्षका मलेशियाली आरोही फारुल एडिब बिन महमद युसुफ पनि सहभागि थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप