बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

कास्कीसहितका ६ जिल्लामा प्रारम्भिक कक्षा कार्यक्रम सञ्चालन

बुधबार, १९ जेठ २०७३, १७ : ३७
बुधबार, १९ जेठ २०७३

पोखरा –कास्की सहितका देशका ६ जिल्लामा एकै साथ प्रारम्भिक कक्षा पढाई कार्यक्रम सञ्चालन हुने भएको छ । जिल्ला शिक्षा कार्यालय कास्कीले वुधवार पोखरामा पत्रकार सम्मेलन गरी सो कुराको जानकारी दिएको हो । युएसएआईडी र एनईजिआपीको सहयोगमा सञ्चालन हुने सो शिक्षाले कक्षा १ देखि ३ कक्षासम्मका वालवालिकालाई समेट्ने कास्कीका जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले जानकारी दिएका छन् । उनले कास्कीका प्रारम्भिक तहका १ प्रतिशत वालवालिका अझै विद्यालय वाहिर रहेकोले यो शिक्षा लागू भएपछि उनीहरु प्रत्यक्ष लाभान्वीत हुने वताए । वालवालिकालाई अव विगतको जस्तो लौरी लिएर सिकाउने नभई खेलाएर मनोरञ्जन पूर्ण तरिकाले शिक्षण शिकाई र अभ्यासलाई जोड दिईने जिशिअ शर्माले वताए । यो कार्यक्रमले कास्कीका ४ सय २४ सामुदायिक विद्यालय मध्ये ४ सय ७ वटा विद्यिालयका वालवालिकालाई समेट्ने उनले जानकारी दिएका छन् । कास्कीका १७ वटा विद्यालयमा भने यो कार्यक्रमले छुने छैन जहाँ १ देखि ३ कक्षाको पढाई नै हुँदैन । कास्की सहित तत्काल देशका अन्य ६ जिल्लामा यो कार्यक्रम एकै साथ लागू हुने एनई जीआईपी कास्कीका संयोजक कृष्ण खतिवडाले जानकारी दिएका छन् । उनले कास्कीका सवै विद्यालयहरुमा अहिले सवै पाठ्य सामग्री पुर्ई सकेको वताए । पुरानै शिक्षकलाई सात दिनको तालिम अभ्यासमा सहभागी गराएर सो शिक्षा प्रदान गर्न लगाईने भएको छ । जसको लागि कास्कीका २२ वटा श्रोत केन्द्रका ३ जना शिक्षकहरु अनुगमनमा खटिने छन् । यो कार्यक्रम गत वर्षमा नै लागू हुनु पर्नेमा एक वर्ष ढिलो गरी सुरु हुन लागेको सहायका जिल्ला शिक्षा अधिकारी दीपेन्द्र ढकालले वताए । कार्यक्रमको अवधि सन् २०१५ देखि सन् २०२० सम्म रहेको छ । अव घोकन्ते विद्या नभई विद्यार्थीको चाहना अनुसारको शिक्षण शिकाई यस अध्यायवाट सुरु हुने जिल्ला शिक्षा कार्यालय कास्कीले अपेक्षा गरेको ढकालले वताए । देशका १६ जिल्लालाई लक्षित गरी तय गरिएको यो कार्यक्रम तत्काल कास्की सहित मनाङ, वाँके, कञ्चनपुर, सप्तरी र भक्तपुरमा लागू हुनेछ । यसपछि वाँकी १० जिल्लामा यो कार्यक्रम लागू हुने कार्यक्रम संयोजक खतिवडाले जानकारी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप