बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

विद्यालयबाट घर फर्कँदै गरेकी बालिकाको मृत्यु

बुधबार, १९ जेठ २०७३, १७ : ५४
बुधबार, १९ जेठ २०७३

भक्तपुर – स्कुल बसबाट झरेर सडक पार गर्ने क्रममा तिव्र गतिको ट्रकले ठक्कर दिदाँ एक बालिकाको मृत्यु भएको छ । भक्तपुर नगरपालीका १७ स्थित शहिद स्मृती खेल मैदान नजिकै बा. २ ख ५८७९ नम्बरको ट्रकले ठक्कर दिदाँ ७ वर्षिय बालिका मनिका फैजुँको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी शेखर खनालले जानकारी दिएका छन् । इजि पाइनीयर स्कुलमा कक्षा २ मा अध्यनरत मनिकालाई ट्रकको ठक्कर पछि उपचारको लागि भक्तपुर अस्पातलमा पु¥याउदाँ चिकित्सकले मृत घोषित गरेका थिए । रामेछाप फुलासीँ १ घर भइ हाल भक्तपुर कटुन्जे बस्ने चालक २६ वर्षिय बिकेश लुङेली मगर र ठक्कर दिने सवारीलाई नियन्त्रणमा लिइ कारवाही प्रक्रिया अगाडी बढाएको डिएसपी खनालले जानकारी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप