बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

मामाले आफ्नै भान्जीलाई बालात्कार गरे

बुधबार, १९ जेठ २०७३, २० : २८
बुधबार, १९ जेठ २०७३
बर्दिबास –आफ्नै भान्जीलाई बालात्कार गर्ने मामालाई इलाका प्रहरी कार्यालय बर्दिबास महोत्तरीले पक्राउ गरेको छ । हात्तिलेट–२ बिजय बस्तीका ३२ बर्षीय संदिप भुजेलले आफ्नी १३ बर्षीया भान्जीलाई गत जेठ १० गते रातीको समयमा बालात्कार गरेको प्रहरीले जनाएको छ । त्यसपछि फरार भएका भुजेललाई प्रहरीले प्रकाउ गरि नियन्त्रणमा लिएको छ । बलात्कृत बच्चीको स्वास्थ्य परिक्षण गराई सकिएको इलाका प्रहरी कार्यालय बर्दिबास महोत्तरीका प्रहरी नायव उपरिक्षक शालिग्राक शर्माले बताएका छन् । म्याद थप गरेर थप अनुसंन्धान भइरहेको छ प्रहरीले जनाएको छ । उनीविरुद्ध जबर्जस्ती करणी मुद्धा चलाएको छ । गरिव तथा विपन्न ती बालिका आमासँगै मामलीमा बस्दै आएका थिए । बालिका स्थानीय विद्यालयको कक्षा ५ मा पढ्दै आएकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप