बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

देवनिया खोलाको मसानघाटमा झोलुङ्गेपुल

बिहीबार, २० जेठ २०७३, ०९ : ५०
बिहीबार, २० जेठ २०७३

झापा–झापा गरामनी–२ बाह्रघरेकी ७० वर्षीया भीमा विष्ट असाध्यै खुसी हुनुहुन्छ । कारण हो– घर नजिकै देवनिया खोला मसानघाटमा झोलुङ्गे पुल बन्नु ।

पहाडमा मात्र देखेका तर ‘तराईमा पनि झोलुङ्गेपुल हुन्छ र ?’ भन्ने सोच्नुभएका स्थानीयवासी वीरबहादुर श्रेष्ठ पनि घर नजिकै झोलुङ्गेपुल पाउँदा दङ्ग छन्। उनी त्यो पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष पनि छन् । ‘मसानघाट झोलुङ्गपुल’ नाम दिइएको पुलको लम्बाइ १०५ मिटर छ ।

नेपाल सरकारद्वारा सञ्चालित झोलुङ्गेपुल कार्यक्रमअन्तर्गत जिविस झापामार्फत सो पुल निर्माण भएको हो । पुल निर्माणमा सहारा नेपालले सामाजिक तथा प्राविधिक सहयोग पु¥याएको छ । पुल निर्माणको लागत रु ४६ लाख ७७ हजार ७९१ रुपैयाँ ७५ पैसा रहेको सहारा नेपालका झोलुङ्गेपुल कार्यक्रम संयोजक लीला नेपालले जानकारी दिए ।

पुल निर्माणसँगै स्थानीय २०० परिवार प्रत्यक्ष लाभान्वित भएका छन् । उनीहरुलाई चन्द्रगढ हुँदै चन्द्रगढी जान सजिलो भएको छ । यसअघि खोलामा डुब्ने जोखिम, कि त चन्द्रगढी मुख्य सडकको देउनिया पुलतिर घुमेर जानुपर्ने बाध्यता थियो । पुल निर्माणमा विविध पक्षमा ट्रेलब्रिज सपोर्ट युनिट÷हेल्भेटासले पनि सहयोग पु¥याएको बताइएको छ ।

पुलको दुवैतर्फ पिलर खडा भए पनि पुल लगाउने काम लामो समयदेखि बाँकी नै थियो । झोलुङ्गेपुल इरेक्सन तालिममा सहभागी सात जिल्लाका २३ जना ‘ब्रिज फिटर’ले १० दिनमा उक्त पुल तयार गरेका हुन् ।

तालिममा झापा, मोरङ, सुनसरी, सप्तरी, पर्सा, धनुषा र रौतहटबाट सहभागी रहेका थिए । स्वाप सहजीकरण व्यवस्थापक तथा टिबिएसयू÷हेल्भेटासका इन्जिनियर सोनुकुमार साह र लाल झाले झोलुङ्गेपुलको महत्वबारे प्रस्ट्याएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप