बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

बाघको आक्रमणवाट पर्वतमा एक वृद्ध महिलाको मृत्यु

बिहीबार, २० जेठ २०७३, ०९ : ५३
बिहीबार, २० जेठ २०७३

पर्वत–बाघको आक्रमणबाट एक वृद्ध महिलाको ज्यान गएको छ । बुधबार राति करिब ९ बजे शौचालय गएको बेलामा बाघले आक्रमण गर्दा कुश्मा नगरपालिका–५ की ६१ वर्षीया रामेश्वरी देवी पौडेलको मृत्यु भएको हो ।

पौडेललको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर दिपक पातलीले जानकारी दिए ।

अहिले प्रहरीले घटनास्थलबाट पोष्टमार्टमको लागि शव जिल्ला अस्पताल ल्याएको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप