बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

डोटीमा हँसिया प्रहार गरी एकको हत्या

बिहीबार, २० जेठ २०७३, ०९ : ५७
बिहीबार, २० जेठ २०७३

डोटी– डोटीको महादेबस्थान गाविसमा एक जनाको हँसिया प्रहार गरी हत्या गरिएको छ । महादेवस्थान गाविस–८ स्याउलेका २४ वर्षीय रणबहादुर रोकायाको सोही ठाउँका भिमबहादुर रोकायाले हँसिया प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।

हिजो बिहान मृतक घरमा पुगेका भिमबहादृुरले सामान्य विवाद भएपछि घरबाट हँसिया ल्यायर रणबहादुरको हत्या गरेका हुन् । धारिलो हतियार प्रहारबाट गम्भिर घाईते भएका रोकायाको उपचारका लागि कोहलपुर लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।

हत्या गर्ने भिमबहादुर रोकायालाई जिल्ला प्रहरी कार्यालय डोटीले नियन्त्रणमा राखेको छ । मृतकको शव जिल्ला अस्पताल डोटीमा पोष्टमार्टमका निम्ति राखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप